विरुवा खबर डट कम, २०७८ फाल्गुन २५, पोखरा
मृगौला पीडित शान्ती थापा गुरुङ्ग उपचारको लागि उपचार आर्थिक सहयोग समिति गठन भएको छ । वाई.सी.एल. नेपाल केन्द्रीय सदस्य थमन गुरुङ्गको संयोकत्वमा ११ सदस्यीय प्रारम्भीक समिति बुधबार पोखरामा गठन गरिएको हो । समितिको सदस्यहरुमा करन मगर, नुरबहादुर बिश्वकर्म, प्रकाश गुरुङ्ग, बिक्रम राना (वाईबी), दिपेन्द्र विश्वकर्म, सागर थापा, हुमबहादुर गुरुङ्ग, ओम बिर्कटा मगर लगायत रहेका छन् । समितिले पीडित गुरुङ्गको उपचारको निमित्त आर्थिक संकलन बुधबारबाटै सुरु गरेको छ । समिति संयोजक थमन गुरुङ्गले १० हजार, विक्रम राना (वाईबी)ले १२ हजार, नोमराज गुरुङ्गले ५ हजार, ओम बिर्कटा थापाले ५ हजार गरी जम्मा ३७ हजार संकलन भएको छ । बुधबारै मुक्तिनाथ बिकास बैंकको नागढुंगा शाखामा संयोजक थमन गुरुङ्ग, समितिको प्रचार प्रसार संयोजक हुमबहादुर गुरुङ्ग र परिवार सदस्य प्रकाश गुरुङ्गको संयुक्त हस्ताक्षर चल्नेगरी शान्ती गुरुङ्ग उपचार आर्थिक सहयोग समितिको नाममा बैंक खाता समेत खोलिएको छ । समितिको निम्न बैंक खाता नम्वर १३८२२३००८४१६८७०००००१ मा पैसा जम्मा गरी शान्ती थापा गुरुङ्गको उपचारमा आर्थिक सहयोग गर्न सकिने संयोजक गुरुङ्गले जानकारी दिएको छ । संयोजक गुरुङ्गले देश विदेशमा रहनुभएका सम्पूर्ण ईष्टमित्रहरुलाई पीडित शान्ती थापा गुरुङ्गको मृगौला ट्रान्सप्लान्टमा आर्थिक सहयोग गरिदिनको लागि आब्हान समेत गरेको छ ।
स्याङ्ग्जा जिल्ला बिरुवा गापा–२, गाबुडाँडाका शान्ती थापा गुरुङ्ग २०७४ सालदेखि मृगौलाको समस्याले पीडित हुनुहुन्छ । मृगौलामा समस्या देखिए यता निरन्तर औषधी सेवन गर्दै आउनुभए पनि केहि महिना यता भने उहाँले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डाईलासीस गरिरहनुभएको छ । हालसम्म मात्रै करिब १५ लाख भन्दा बढि खर्च भईसकेको परिवारले जानकारी दिएको छ । डाईलसीसको लागि खर्च धेरै लाग्ने र झन्झटीलो पनि हुने हुँदा गुरुङ्गको मृगौला प्रत्यारोपण नै गर्न परिवार अगाडी बढेको छ । पीडित गुरुङ्ग नेकपा माओवादी केन्द्र बिरुवा गापा स्याङ्ग्जाको अध्यक्ष तील बहादुर गुरुङ्गको धर्मपत्नी हुनुहुन्छ । त्यस्तै जययुद्ध सहीद द्धय लक्ष्मी गुरुङ्ग (सरला) र याम कुमारी गुरुङ्ग (सपना)को सहोदर भाउजू समेत हुनुहुन्छ । स्वयम पीडित गुरुङ्ग माओवादी केन्द्रका सदस्य एवं जययुद्ध कालिन कार्यकर्ता समेत हुनुहुन्छ । राजनीतिक पृष्ठभूमी बलियो भए पनि आर्थिक अवस्था भने नाजुक रहेकाले उहाँको उपचारको क्रममा चरम आर्थिक समस्या भईरहेकाले आर्थिक सहयोग समिति गठन गरिएको बर्ताइएकोे छ ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-