पोखरा, १ मंसिर ।
पोखरामा शनिबार गुरुङ पहिचानः आधार, अवस्था र चुनौती विषयमा अन्तरक्रिया सम्पन्न गरेकोछ । युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाको आयोजना र गुरुङ साहित्यिक मञ्च नेपालको व्यावस्थापनमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अमेरिकाका अध्यक्ष प्रदिप कुमार गुरुङले संस्थाले सन् २०१९ देखि नै गुरुङको भाषा, धर्म, संस्कार, संस्कृतिको क्षेत्रमा अनुसन्धान गर्दै आएको बताए । जसले गर्दा अमेरिका लगायत अन्य देशमा बस्ने गुरुङ समुदायले आफ्नो जातका बारेमा ज्ञान लिईरहेको छ ।
गुरुङहरुको वर्तमान अवस्थामा संस्कृति भएपनि निकै कम अनि प्रचारप्रसारमा कमी रहेको उनले बताए । ‘हाम्रा प्ये ता ल्हु ता हामीसँग कम छ । जसले हामी पछि पर्ने अवस्था आउनसक्छ । यसका लागि सजिलो भाषामा छापेर सबैको हातहातमा पु¥याउन आवश्यक छ,’ उनले भने, ‘हामीमा कल्चरको अभ्यासमा पनि एकरुपता छैन् । केही ठाउँमा क्वोइबो बन्दाबन्दै छाडिएका छन् । खेगी स्कुल नहुँदा गुरुङ पुरोहित पुस्तान्तणमा समस्या हुने देखिएको छ ।’ गुरुङ समुदायमा केही चुनौती रहेको उनले सुनाए । अरुको चाडबाडबाट प्रभावित हुँदा मौलिकता लोप हुदै गएको उनको भनाई थियो । गुरुङ भाषाको लिपीमा पनि समस्या रहेको उनले बताए । गुरुङ समुदायको हरेक क्षेत्रको विकासका लागि बजेट पनि कम विनियोजन हुने गरेको उनले दुखेको पोखे ।
कार्यक्रममा गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष तेजबहादुर चाक्ली तमुले विदेशमा रहेर पनि आफ्नो समुदायको हितका लागि अनुसन्धान गरी संस्थाले सह्रानिय काम गरेको बताए । यस्तै खेमा लिपी अभियान्ता भीम गुरुङले खेमा लिपीको उत्पती र यसको वर्तमान अवस्थाका बारेमा जानकारी दिएका थिए ।
युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदीपकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव बुद्ध ह्रीला गुरुङ र गुरुङ साहित्यिक मञ्च नेपालका उपाध्यक्ष रोशनी गुरुङले सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-