मंसिर २३, स्याङ्जा
स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. १ सालडाँडामा साविक वडा स्तरिय पुरुष भलिबल खेल सुरु भएको छ । बाजे बराजु पुजाको अवसरमा स्वास्थ्यका लागी खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने मुल नारालाई आत्मसाथ गर्र्दै समाजसेवी युवा क्लबले आयोजना गरेको हो । प्रमुख अतिथि समाज सेवी भू.पू. भलिबल खेलाडी हर्क बहादुर खाती क्षेत्रीले खेल मैदानमा रिवन काटी प्रदेश रेफ्रि लेख बहादुर र कुमार गुरुङलाई भलिबल हस्तान्तरण गरि खेल सञ्चालन गरिएको थियो । सोही समयमा प्रमुख अतिथिद्धारा प्रतियोगिताको द्धित्तिय पुरस्कारको घोषण गर्नुभएको थियो । उत्घाटान खेल छेक्मा विरुद्ध आयोजक विच भएको थियो । जसमा दुवै तर्फ एक एक सेट भई समाय अभावले खेल रद्ध गरिएको थियो ।
भलिबल प्रतियोगितामा प्रथम पुरस्कार रु ५१ हजार, द्धित्तिय पुरस्कार ३१ हजार, तृतिय पुरस्कार १७, ००० मेडल, ट्रफि र प्रमाण–पत्र प्रदान गरिनेछ भने विभिन्न विधागत पुरस्कारहरु पनि प्रदान गरिनेछ । कार्यक्रममा छोलो प्रतियोगिता पनि रहेको छ । जसमा प्रथम पुरस्कार रु ३ हजार द्धित्तिय पुरस्कार रु २ हजार प्रदान गरिनेछ । प्रतियोगिता मंसिर २२ देखी २८ गते सम्म सञ्चालन हुनेछ भने समापनको दिन विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तु गरने छ ।
समुद्घाटन कार्यक्रममा विशेष अतिथि वडा सदस्य तेज बहादुर थापा अतिथिहरु हेम बहादुर राना, टोप वहादुर थापा, बुद्ध बहादुर थापा, घन बहादुर थापा लगायतको उपस्थितिमा औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो । मिन बहादुर थापको अध्यक्षतामा नर बहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएको जानकारी सह–संयोजक सागर थापाले जानकारी गराउनुभएको छ ।














प्रतिक्रिया लेख्नुहोस्:-