हुम बहादुर गुरुङ
पौष १, पोखरा
स्याङ्जाको हरिनास गाउँपालिका साल्डाँडामा आयोजित साविक वडा स्तरिय पुरुष भलिबल सम्पन्न भएको छ । समाजसेवी युवा क्लबले बाजे बराजु पुजाको अवसरमा आयोजित उक्त प्रतियोगिता मंसिर २२ देखी सञ्चालन भएको थियो ।

प्रतियोगितामा २० टिम पछि पार्दै समाजसेवी युवा क्लब (आयोजक) रातोले उपाधि चुम्न सफल भएको छ । उपाधि चुमेसंगै नगद रु ५१ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्रप्त गरे । त्यस्तै आयोजक निलो द्धित्तिय र सिर्जना युवा क्लब बाहुले तृतिय स्थान प्राप्त गर्न सफल भएको थियो । द्धित्तिय, तृतिय हुने टिमलाई क्रमश नगद रु ३१ हजार, १७ हजार, ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा सर्वाेउकृष्ट खेलाडी आयोजकका समिर थापा घोसित भए । त्यस्तै वेस्ट स्पाईक र लिब्रोमा सिर्जना युवा क्लबका बिजय र सुसन थापा घोसित हुन सफल भएको थियो भने वेस्ट ब्लकर र सेटरमा आयोजकका सुसन राना र समित थापा चुनिएका थिए । उत्कृष्ट विधामा चुनिएका खेलाडीहरुलाई ट्रफि मेडलले सम्ममान गरिएको थियो ।
त्यस्तै छेलो प्रतियोगितामा ११ जनाको सहभागीता रहेको थियो । जसमा विरुवा गाउँपालिका ५ चेप्टेका खेलाडी मिलन राना (टुप्पी) प्रथम र सोही स्थानका अमित थापाले द्धित्तिय स्थान प्राप्त गरे । छेलो प्रतियोगितामा प्रथम र द्धित्तिय हुने खेलाडीलाई क्रमश रु ३ हजार र २ हजार नगद प्रदान गरी सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि नेपाली कंग्रेसका युवा नेता, चिसापानी कृषि फर्मका सञ्चालक प्रो. बालकृष्ण सिग्देलको आतिथ्यता र विशेष अतिथि नेपाली कंग्रेस हरिनास गाउँपालिका सभापती टोप बहादुर भुजेल र अतिथिहरुमा वडा नं. १ का जनप्रतिनिधिहरुको उपस्थितिमा पुरस्कार वितरण भई क्लब अध्यक्ष मिन बहादुर थापाले कार्यक्रम समापन गरिएको जानकारी सह–संयोजक सागर थापाले जानकारी गराउनुभएको थियो ।















प्रतिक्रिया लेख्नुहोस्:-