कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी प्रदेश र कोइकाबीच सम्झौता, मुख्य मन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास

बिरुवा खबर बिरुवा खबर
समाचार
January 4, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, पुस १९ गते, शुक्रवार ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको भौतिक संरचना निर्माणको थालनी भएको छ । शुक्रबार गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समारोहमा गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासमा गण्डकी प्रदेश सरकार र कोरिया इन्टरनेशनल को–अपरेसन एजेन्सी (कोइका) बीच सहयोग सम्झौता भयो । प्रतिष्ठानको पूर्वाधार निर्माण र विभिन्न विधामा शैक्षिक कार्यक्रमका लागि ९० लाख अमेरिका डलर अर्थात् १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी खर्च गर्नेगरी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । समारोहमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमेतको उपस्थिति थियो । शुक्रबार नै फेदीखोला गाउँपालिका वडा १, गुर्धुममा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवन शिलान्याससमेत भयो । सम्झौताबमोजिम कोरियाली सरकारमार्फत कोइकाले यो परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने छ । यो परियोजना कोइका र जिटिइभिटीएले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन् । मुख्यमन्त्री पाण्डेले फेदीखोला–१ मा निर्माण गरिने प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, गण्डकी प्रदेशसभाका सदस्य सुधीरकुमार पौडेल, पञ्चराम गुरुङ, सीताकुमारी सुन्दास, कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कङ, फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी लगायत उपस्थित थिए । प्रदेशका निम्ति आवश्यक आफ्नै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित शुक्रबार शिलान्यास भएको प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवन आगामी सन् २०२६ को अगस्तसम्म सम्पन्न हुने लक्ष्य छ । जसको लागत ३ करोड ५५ लाख १९ हजार १ सय ९१ रुपैयाँ (भ्याटसहित) छ । निर्माणको जिम्मा आरुषी कन्स्ट्रक्सन, पोखराले पाएको छ । यो परियोजनाको मुख्य उद्देश्य २१ औं शताब्दीको घरेलु तथा अन्तर्राष्ट्रिय आवश्यकतालाई पूरा गर्न सक्षम जनशक्ति उत्पादन गर्नु रहेको छ । परियोजनाले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम नीति र १५औं राष्ट्रिय योजनासँग समन्वय गर्दै निर्माण क्षेत्रको आवश्यकता पूरा गर्न र रोजगारको अवसर बढाउन सहयोग पु¥याउने जनाइएको छ । कोइकाले ४ हजार ५ सय ३० वर्गमिटरको प्राविधिक शिक्षालय भवन निर्माण गर्ने योजना बनाएको छ । जसमा कक्षाकोठा, कार्यशाला, छात्रावास (महिला छात्राका लागि) लगायतका आवश्यक उपकरण, फर्निचर, र शैक्षिक सामग्री हुनेछन् । साथै, कोइकाले प्राविधिक शिक्षालयको मास्टर प्लान, स्थानीय आवश्यकता अनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गर्नेछ । मुख्यमन्त्री पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गरे । उनले यो परियोजनाले नेपाललाई आर्थिक समृद्धि हासिल गर्न आवश्यक दक्ष र सक्षम जनशक्ति उत्पादन गर्नेमा विश्वास व्यक्त गरे । उनले परियोजनाको सफलताको कामना गरे । कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर कङले उक्त परियोजनाले युवा, महिला र सिमान्तकृत व्यक्तिहरूलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अवसर प्रदान गर्ने बताए । तिनीहरूलाई आजको तीव्र रूपमा विकास भइरहेको रोजगारी बजारमा अघि बढ्न आवश्यक सीपले सुसज्जित गर्ने उनको भनाइ थियो । सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले यो परियोजनाले देशभित्र दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न सहयोग गर्ने बताए । उनले नेपाल सरकारलाई लगातार सहयोग गरेकोमा कोइकाप्रति धन्यवाद व्यक्त गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले अटोमोबाइल, इलेक्ट्रिोनिक्स, टुरिजज्म एण्ड हस्पिटालिटी क्षेत्रमा अध्ययन अध्यापन हुने बताए । त्यसका लागि पाठ्यक्रम निर्माण तयारी भइरहेको बताए । यसबाट गण्डकी प्रदेशका लागि आवश्यक प्राविधिक दक्ष जनशक्ति यहीबाट उत्पादन हुने उनको विश्वास छ । फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लामो समयको प्रतीक्षाको घडी समाप्त भएको बताए । उनले प्रतिष्ठान निर्माणसँगै गाउँमै प्राविधिक तथा व्यावसायिक शिक्षा उपलब्ध हुने भएपछि सिंगो गाउँपालिकामात्र प्रदेशभरलाई लाभ मिल्ने विश्वास व्यक्त गरे । प्रतिष्ठानका लागि यहाँ कुल १ सय ६० रोपनी जग्गा प्रदेश सरकारको नाममा ल्याइएको छ । जग्गा उपलब्ध गराउन २२ रोपनीमा फैलिएको शिवालय आधारभूत विद्यालयलाई सर्केटारी सारिएको थियो । जग्गा दिएर सहयोग पु¥याएकोमा उक्त स्कुलको विकासका लागि सरकारले पहिलो प्राथमिकता दिने मुख्यमन्त्री पाण्डेले उद्घोष गरे । प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकमार थापाको अध्यक्षतामा भएको शिलान्यास समारोहमा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले बोलेका थिए । कार्यक्रम संचालन प्रतिष्ठानका उपसचिव हरिबहादुर खपाङ्गी मगरले गरेका थिए । गाउँमा प्रतिष्ठान निर्माण अघि बढेपछि खुसीयालीमा गाउँलेले अतिथिहरुलाई फूलमालाले स्वागत गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन