पौष २०, पोखरा,
गाबुडाँडा पोखरा तमु समाजले ल्होसारको अवसरमा शुभकामना आदानप्रदान तथा स्योकै कार्यक्रम सम्पन्न गरेको छ । तमुहरुको १२ वर्गा चक्र मध्ये यस वर्ष गिद्ध बर्ग (मुप्ह्रि ल्हो)लाई विदाई र आएको सर्प वर्ग (सप्ह्रि ल्हो)लाई स्वाग गरि तमुसमाजले भव्य रुपमा मनाएको छ ।

प्रमुख अतिथि समाजका जेष्ठ नागरिक जंघ बहादुर गुरुङको आतिथ्यतामा गिद्ध बर्ग र सर्प वर्ग भएकाहरुलाई खादा लगाई सम्मान गरिएको थियो । कार्यक्रममा साना साना नानीबाबुहरुको चम्चा दौड र महिलाहरुको टोपी दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो । जसमा चम्चा दौडतर्फ मनन् गुरुङ प्रथम कियान गुरुङ द्धित्तिय तथा टोपी दौड प्रतियोगितामा रुमाया गुरुङ प्रथम, विन्दु गुरुङ द्धित्तिय स्थान हासिल गर्न सफल भएको थियो । विजेताहरुलाई हौसला स्वरुप समाजका अध्यक्ष दुमाया गुरुङले खादा लगाई नगद प्रदन गरि सम्मान गरिएको थियो ।
बिरुवा गाउँपालिका वडा नंं २ मा पुरानो तथा स्थाई घर भई पोखराका विभिन्न ठाउँहरुमा पेशा व्यवसाय गरि स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने तमुहरु आपसमा समाज गठन गरि बस्दै आएको छ । जसले पोखरामा शुख दुःखको कार्य गर्दै आईरहेको छ । तमुहरुको महान पर्वलाई थप विशेष बनाउन यस वर्षबाट तमु समाजले तमु ल्होसार मनाउने भएको छ ।
कार्यक्रम समाजका विभिन्न व्यत्तित्वहरुको उपस्थितिमा एका आपसमा शुभकामना आदानप्रदान, विभिन्न स्वादिष्ट भोजन ग्रहण गरि संस्कृतिक कार्यक्रममा सहभागी भएको थियो भने पोखरा–१० मिलनटोलमा अवस्थित मिलनटोल समाज घरमा डुमाया गुरुङको अध्यक्षता र सल्लाहकार देवी गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।















प्रतिक्रिया लेख्नुहोस्:-