पौष २८, पोखरा
पोखरा–९, नयााँजारमा अवस्थित अविरल सहकारी संस्था लि.ले ११औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । पौष २७ गते ढाकारा पौडेलको अध्यक्षतामा पामे बजरको चौरमा सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष मिरा अधिकारी पोख्रेल आतिथ्यतामा विशेष अतिथि जिल्ला कृिष सहकारी संघ सचिव खिम प्रसाद लामिछाने, कानुनी सल्लाहकार अधिबक्ता लमचन्द्र रेग्मी तथा अन्य अतिथिहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो । सभामा अध्यक्षको प्रगती प्रतिवेदन, लोखा समिती संयोजकको लेखा सुपरिवेक्षण, सचिवको प्रगती प्रतिवेदन, कोषाध्यक्षको बार्षिक प्रतिवेदन प्रस्तुत र पारित गरिएको थियो ।
कार्यक्रममा अतिथिहरु द्धारा शुभकामना मन्तव्य संगै उपस्थित सदस्यहरुमा विभिन्न मनोरन्जनात्मक खेल र पुरस्कार वितरण गरी कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-