पोखरा-१५, नयाँगाउँस्थित चार भाइ युवा क्लबको आयोजनामा ताङ्लेकोट तमु समाज ब्याडमिन्टन हलमा ५ औं संस्करणको चार भाइ ब्याडमिन्टन कप २०८१ आगामी माघ ११ र १२ गते हुने भएको छ। “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” नाराका साथ आयोजना हुने यो प्रतियोगिता खेलप्रेमीहरूमाझ निकै चर्चित बनेको छ। प्रतियोगिता अन्तर्गत Men’s Double खुल्ला ‘B’ Level, ‘C’ Level Men’s Double र गण्डकी प्रदेशस्तरीय Open Mixed Double गरी ३ इभेन्टहरू हुनेछन्। खेलका विधाहरुः १.Men’s डबल B लेबल तर्फ प्रथम पुरस्कार: रु. ४५,०००/-, द्वितीय पुरस्कार: रु. ३०,०००/-, तृतीय पुरस्कार २ टिम: रु. ८,०००/- रु. ८,०००/- गरी शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । २.Men’s डबल C लेबल तर्फ प्रथम पुरस्कार: रु. ४०,०००/- द्वितीय पुरस्कार: रु. २५,०००/-तृतीय पुरस्कार २ टिमः रु. ७,०००/- रु. ७,०००/- गरी शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । ३.गण्डकी प्रदेशस्तरीय Open Mixed Double: प्रथम पुरस्कार: रु. २५,०००/-, द्वितीय पुरस्कार: रु. १५,०००/-, तृतीय पुरस्कार २ टिमः रु. ६,०००/- रु. ६,०००/- गरी शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यो प्रतियोगिता गण्डकी प्रदेश स्तरिय C लेबल भएतापनि B लेबल र Mixed डबलमा छिमेकी जिल्ला Dhading, नवलपुर, पाल्पा र गुल्मी का खेलाडीहरूले भाग जनाउन सक्नेछ । गत बर्षको संस्करणमा १५० भन्दा टिम सहभागी भएको यस बर्ष पनि उल्लेखनिय सहभागिता हुने लक्ष्य लिएको यस चार भाइ युवा क्लबका सदस्य बम ब. गुरुङले हामीलाई जानकारी दिएको छ। खेल उच्च प्रतिस्पर्धात्मक हुनेछ। यो प्रतियोगिता गण्डकी प्रदेशका खेलाडीहरूलाई आफ्नो कौशल देखाउन र प्रतिस्पर्धात्मक क्षमता बढाउन एउटा महत्वपूर्ण अवसर हुनेछ। विभिन्न नगद पुरस्कारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता सफल बनाउन सबै खेलाडी खेलप्रेमी सबैलाई समर्थन गर्न आयोजक समितिले आग्रह गरेको छ। माघ १० गते बेलुका ५ः३० बजेभित्र सम्म टिम दर्ता गरी खेल माघ ११ गते बिहान १०ः३० बजे उद्घाटन हुनेछ। खेल Mavis 350 प्लास्टिक सटल कक प्रयोग गरिनुका साथै सबै विधामा कम्तिमा १० टिम हुनुपर्नेछ। बिगतका बर्षहरुमा झै यस बर्ष पनि प्रतियोगिता कार्यक्रमबाट बापत बचेको रकमबाट असाहय दुखि गरिब बालबालिका, बाल आश्राममा सहयोग गरिनेछ । टिम दर्ताको लागी फोन नः ९८२३४५९२९३, ९८४६६८३९७५, ९८१६६४४३६९,९८०६५६८१२२ मा सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क: सुरेश गुरुङ (अध्यक्ष) मोबाइल: ९८२९७४०७७

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-