पोखरा-१५, नयाँगाउँस्थित चार भाइ युवा क्लबको आयोजनामा ताङ्लेकोट तमु समाज ब्याडमिन्टन हलमा ५ औं संस्करणको “चार भाइ ब्याडमिन्टन कप २०८१” २०८१ माघ ११,१२ र १३ गते सम्पन्न भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” नाराका साथ आयोजना गरीएको यो प्रतियोगिता मा Gandaki Open मिक्स डबल तर्फ १८ टिम, बि लेवल २५ टिम र सि लेवलमा ८८ टिमको सहभागिता जनाएको थियो । प्रतियोगितामा गण्डकी प्रदेश भरि छरिएका साथमा छिमेकी जिल्ला धादिङ, चितवन, पाल्पा र गुल्मी का खेलाडीहरूले भाग जनाएको थियो ।
गण्डकी प्रदेशस्तरीय Open Mixed Double मा प्रथम : Bishal Khadka+ Dilasha Rana रु. २५,०००/-, द्वितीयः Anu Rana + Akhxya Chhetri रु. १५,०००/-, तृतीय २ टिमः Ishan Khadka + Yam Kumari Grg र Surendra Hamal + Punam Gurung रु. ६,०००/- रु. ६,०००/- गरी शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थियो । Men’s डबल B लेबल तर्फ प्रथम : अमर थापा + सागर थापा रु. ४५,०००/-, द्वितीय : Bidhan Grg + Bhuwan Sunar रु. ३०,०००/-, तृतीय २ टिम: Tul Gurung + Pukar Grg र बिमल कुमाल + Ashish Shani रु. ८,०००/- रु. ८,०००/- गरी शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थियो । Men’s डबल C लेबल तर्फ प्रथम : Bharat Thapa + Diyan Thapa रु. ४०,०००/- द्वितीय : Bikki Grg + Basanta Poudel रु. २५,०००/- तृतीय २ टिमः Sanil Thapa + Nabin Thapa र कपिल Gurung + Top Bdr Taramu रु ७,०००/- रु. ७,०००/- गरी शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिएका थिए । गत बर्षको संस्करणजस्तै यस बर्ष पनि खेलाडीहरु, खेल प्रेमी महानुभावहरुको बाक्लै उपस्थिति थियो ।जसमा २ दिनको कार्यक्रम १ दिन बढाएर हामीले १३ गते समापन गरेका थियो । विभिन्न ठाउहरु बाट पाल्नुभएका लगभग २७० जना खेलाडीहरु सहभागी जनाएकोमा करिब ४ देखि ५ हजार सम्मका दर्शक हरुले अवलोकन गरेको यस चार भाइ युवा क्लबका सदस्य बम ब. गुरुङले हामीलाई जानकारी दिएको छ। यो प्रतियोगिता गण्डकी प्रदेशका खेलाडीहरूलाई आफ्नो कौशल देखाउन र प्रतिस्पर्धात्मक क्षमता बढाउन एउटा महत्वपूर्ण अवसर हुनेछ भन्दै प्रतियोगिता सफल बनाउन सबै सहभागि खेलाडी खेलप्रेमी, अतिथी महानुभावहरु, मिडियाकर्मी, प्राथमिक उपचारको लागि स्वस्थकर्मी, सुरक्षा निकाय, आर्थिक रुपमा कार्यक्रमलाई सफल बनाउन विभिन्न संघ संस्थाहरु, व्यक्ति, विशेष सहयोगी, अन्य सहयोग गर्नु हुने सबैलाई आयोजक समितिले विशेष धन्यवाद प्रकट गरेको छ। यस बर्ष पनि प्रतियोगिता कार्यक्रमबाट बापत बचेको रकमबाट असाहय दुखि पिडित, गरिब बालबालिका, बाल आश्राममा सहयोग गरिनेछ ।














प्रतिक्रिया लेख्नुहोस्:-