चैत्र ५, स्याङजा
मन प्रसाद गुरुङ
धार्मिक विविधताको धनि देश नेपाल यहि नेपालको गण्डकी प्रदेश स्याङ्गजा जिल्ला विरुवा गाउपलिकाको विरुवा बजारमा अवस्थित छ बलाकन्या देवी मन्दिर । धार्मिक रुपमा प्रसिद्ध मानिने बलाकन्या देवी मन्दिरमा पुजाआज तथा भाकलहरु गर्नाले रोगब्यादी नलाग्ने, मानव जीवनका दु:खकष्टहरु निर्मुल हुने जस्ता धार्मिक विस्वास रहेको छ ।
पुर्खौं देखि प्रत्येक फाल्गुन पूर्णिमाको दिन यहाँ विशेष पुजा गर्ने चलन छ । बर्ष भरि मानिसहरुले गरेका भाकल पुरा होस् भन्दै विभिन्न स्थान बाट थुप्रै भक्तजनहरुको उपस्थितिमा बलि सहित पुजा गरिन्छ । पुजा पस्चात् आफुले चढाएको बलि घरमा लैजान नहुने भन्ने किम्मदन्ति पनि रही आएको छ ।
यहि किम्मदन्ति तथा जनविश्वासलाइ आधार मान्दै हिजका दिनमा भक्तजनहरु मन्दिर छेउको खोला किनारामा भेला भई पकाउने, खाने र नाचगान गर्ने चलन थियो । तर पछिल्लो समय उक्त भेला हुने ठाउँमा मेलाको रुपमा कार्यक्रम आयोजना गर्न थालेको छ ।
प्रत्यक बर्ष बिरुवा खोला किनारमा रहेको मैदानमा बलाकन्या युवाले मेला आयोजना गरिंदै आएको छ । उक्त मेलालाइ निरन्तता दिँदै यस वर्ष पनि १५ औं विरुवा बजार मेला सुरु गरेको छ । आजै सुरु भएको मेलालाइ नेकपा एमाले विरुवाका अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यतामा पानसमा दियो बाली कार्यक्रमको विधिवत उद्घाटन गरिएको छ ।
मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिताको आयोजना गरेको छ। यस साथै बाल उद्यान तथा व्यापारिक स्टलहरु समेत राखिएको छ । जहाँ मेला घुम्न आउने दर्शकहरुले दैनिक जीवनमा प्रयोग हुने घरायसी सामाग्रीहरु सुलभ मुल्यमा खरिद गर्न सकिने छ ।
भलिबल प्रतियोगिता अन्तर्गत आज बालकन्या युवा क्लब र सनलाईट स्पोर्टस क्लब बिच खेलेको उद्घाटन खेलमा सनलाईट स्पोर्ट क्लब बिजय भई दोस्रो चरणमा प्रवेश गरेको छ । सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय कलाकार संगिता पौडेल, गणेश रानाको सांगितक प्रस्तुती तथा क्लबका सदस्य बहिनीहरुले नृत्य प्रस्तुत गरका थिए ।
मेलाको दोस्रो दिन ( भोली शनिबार) राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरु लोकदोहोरी गाएक रामजी खाण, दुर्गा गुरुङ,सुरेश राना मगर, गण्डकी तारा रोशन गुरुङ, मोडल तथा डान्सर आशु गुरुङ, जुनिमा गुरुङ, जमुना गुरुङ, अम्रिका गुरुङ लगायतको कलाकारहरुको उपस्थिति रहनेछ ।
मेलाको उद्घाटन सत्रमा विशिष्ट अतिथि, सामुदायिक सहकारी संस्थाका प्रबन्धक शिव राज वाग्ले अतिथिहरु जनजागृती आधारभुत विद्यालयका प्र.अ राजु वाग्ले, वडा नं १ का जनप्रतिनिधि सदस्य ठाकुर प्रसाद वाग्ले, समाज कल्याण आमा समुहको पुर्व अध्यक्ष धना केसी बिरुवा प्रहरी चौकीका प्रमुख कृष्ण बहादुर विष्ट तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । आजको कार्यक्रमलाई समाज कल्याण आमा समूहका अध्यक्ष नन्द कुमारी खड्काले संचालन गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-