बिरुवा गाउँपालिका गाउँ कार्यपालिका कार्यापालिका कार्यालयकाे प्रशासकीय भवान समुद्घाटन भएकाे छ ।
नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय बिष्णु प्रसाद पाैडेल द्वारा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमकाे सुभारम्भ गर्नुभएकाे थियाे । त्यस्तै भवन प्रवेशद्वारमा शिलाकाे ब्यानर अनवरन गरि द्वारमा रिवन काटी ढाेका खाेलि अध्यक्षकाे कार्यकक्षमा केहिवेर विश्राम गरिएकाे थियाे । नेपाल सरकार, प्रदेश सरकार र बिरुवा गाउँपालिकाकाे साझेदारिमा निर्माण भएकाे प्रशासकिय भवन, भवन संरचना सहित १३ राेपनी क्षेत्रफलमा फैलिएकाे छ । प्रशासकिय भवनमा चमेना गृह सुरक्ष गार्डभवन सहित २९ ओटा काेठा रहेका छन् ।

८ कराेड ४० लाख ९ सय ४६ रूपैयामा २०७७ साल असार ३१ गते श्री गिता श्री क्रिएटिभ जे.भी संग निर्माण सम्झाैता भाइ २०७७ कार्तिक १ गते गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्माले शिलन्यास गर्नुभएकाे थियाे । भवन २०८० मंसिर २९ गते नर्माण सम्पन्न भई २०८१ श्रवण १ गतेबाट पूर्ण रुपमा सेवा प्रवाह सुरु भएकाे थियाे । समुद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजु थापा ,पूर्व मन्त्री पद्मा अर्याल, पूर्व मन्त्री किरणा गुरुङ, गण्डकी प्रदेश सभा सदस्य सीता सुन्दास, गण्डकी प्रदेशका पुर्व मन्त्री दिपक चर्ती मगर, प्रदेश सभा सदस्य, जिल्ला समन्वय प्रमुख तथा उपप्रमुख स्थानिय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षहरुकाे सहभागीता रहेकाे थियाे । प्रमुख अतिथिद्वारा बिरुवा गाउँपालिका र स्याङ्जा जिल्लाकाे बिकास र समृद्धिकाे लागि सक्दाे सहयाे गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । समाराेहमा पालिका अध्यक्ष अध्यक्ष सुर्य कुँवरले बिरुवा गाउँपालिकाकाे तर्फबाट विभिन्न याेजनाहरु समेटिएकाे कागपत्र माननीय अर्थमन्त्री विष्णुप्रसाद पाैडेलसमक्ष पेस गर्नुभएकाे थियाे ।















प्रतिक्रिया लेख्नुहोस्:-