राष्ट्रिय फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मङ्गलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
एनएफपिजेको उपाध्यक्षमा वसन्त शेर्पा ,सचिवमा प्रेम थापा, कोषाध्यक्षमा गणेश बज्रलामा, सहसचिवमा माधव पोखरेल चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा हुम बहादुर गुरुङ, अभिनन्दन बजिमिया, मदनमणि तिमिल्सिना, सागर ढकाल चयन भए । कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले संस्थागत रुपमा अग्रज फोटो पत्रकारहरु सँग समन्वय गरेर काम गर्ने साथै नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा राधिका कँडेलले फोटो पत्रकारको हकहितमा काम गर्न आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष योगेन्द्र श्रेष्ठले फोटो पत्रकारहरूको हकहितका क्षेत्रमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी नयाँ वर्षको उपल्क्षमा नयाँ वर्षको अवसर पारेर संस्थाको संस्थागत भित्तेपात्रो प्रकाशन गर्ने त्यसैगरी फोटो पत्रकारको प्रोत्साहनको लागि विभिन्न पुरस्कारहरु स्थापना गर्ने र पोखरामा फोटो प्रर्दशनी आयोजना गरिने बताउँदै श्रेष्ठले फोटो प्रर्दशनी सफल बनाउनका लागि सबैलाई आग्रह गरे ।















प्रतिक्रिया लेख्नुहोस्:-