हुम बहादुर गुरुङ
चैत्र ३, स्याङ्जा
वालिङ महोत्सवमा आयोजना भईरहेको स्याङ्जा जिल्ला पालिका स्तरिय पूरुष भलिबल प्रतियोगितामा बिरुवा गाउँपालिका र गल्याङ नगरपालिका फाईनलमा प्रतिशपर्धा गर्दै छ । ६ पालिकाको सहभागीता मध्ये २ पालिका फाईनलमा प्रवेश गरेको हो । खेलमा पालिका भन्दा बाहिरको ३ जना खेलाडी समावेश गरि प्रतियोगितामा थप रोचकता बढिरहेको छ ।
बिरुवा गाउँपालिकाबाट बाहिरी खेलाडीमा दुर्ग महतो (नेपाल आर्मी), नबिन महता (पुतली) यम क्षेत्री (इन्डियन आर्मी) लगायत विरुवा गाउँपालिकाको खेलाडीहरुलाई क्याप्टेन दिपक थापा मगरेले नेतृत्व गरिरहनुभएको छ । फाईनल खेल दिनको २ बजे सुरु हनेछ ।
प्रतियोगितामा विजेता टिमले रु एक लाख ५५ हजार प्रात्प गर्नेछ भने द्धित्तियले एक लाख ५ हजारमा चित्ता बुझाउनुपर्नेछ । तृतिय र सान्त्वनाले क्रमश ५५ हजार, ३० हजार शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई रु ३ हजार पुरस्कारले सम्मान गरिनेछ ।
वालिङ चेम्बर अफ कमर्स द्धारा आर्थिक, सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी विरुवा गाउँपालिका भलिबल प्रशिक्षक गणेश गुरुङले दिनुभएको छ ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-