हुम बहादुर च्हाक्ली तमु
चैत्र ८ गते, पोखरा
बिरुवा मनकामना ब्याडमिन्टन ग्रुप, पोखराद्धारा प्रथम मनकामना आजाद मुलबासी ब्याडमिन्टन कप हुनेभएको छ । यही चैत्र २४ र २५ गते पोखरा–१५, नयाँगाउँको ताङलेकोट तमु समाज घरमा आयोजना हुदै छ । उक्त प्रतियोगिता गण्डकी प्रदेश स्तरिय डि लेभल रहनेछ ।
प्रतियोगितामा पुरस्कारहरु प्रथम, द्धित्तिय र तृतिय क्रमस १८ हजार, १२ हजार, ४÷४ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको दर्ता शुल्क भने २ हजार रहेको छ । चैत्र २३ गते बेलुका ५ बजेसमम टिम दर्ता गरिसक्नुपर्ने छ । त्यस्तै प्रतियोगिताको मुद्घाटन २४ गते विहान १०ः०० हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा आजाद मुलबासी रहनेछ भने सह–प्रायोजकको रुपमा हिमाल मार्बल टायल निर्माण सेवाको साथ रहने जानकारी खेल संयोजक बम गुरुङले जानकरी दिनुभएको छ ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-