काठमाण्डौं । खोटाङ गुरुङ तमु सेवा समाज काठमाण्डौको जग्गा खरिद तथा भवन निमार्ण सहयोगार्थ चलचित्र निर्देशक तथा निर्माता नवीन गुरुङ उर्फ गुरुङ सोल्टी निर्मित एवम् निर्देशित नेपाल चलचित्र भूपू लाहुरे काठमाण्डौमा विशेष च्यारिटी शो हुनेभएको छ । खोटाङ मूल थलो भई सुनसरीको इटहरी २०, तरहरा स्थायी बसोबास भएका सोल्टी अर्को महिना नयाँ वर्ष २०८२ बैशाखदेखि काठमाण्डौमा आफ्नो कंम्पनीबाट संस्थागत रुपमा विभिन्न कार्यक्रमहरु गर्ने योजना अन्र्तरगत समाजको लागि चलचित्र भूपू लाहुरे प्रर्दशन गर्न लागेका हुन् । समाजले निमार्ण गर्ने योजना बनाएको तमू धिं (समाजको भवन) का लागि च्यारिटी शोबाट संकलित हुने रकमको ५० प्रतिशत सहयोग गर्ने इच्छा राख्नुभएको छ । समाजले शनिबार काठमाण्डौं, सुकेधारा आफ्नो कार्यलयमा राखेको अतिथि सम्मान तथा स्वागत कार्यक्रममा सोल्टीले राखेको प्रस्ताव बारे समाजका अध्यक्ष होमनाथ गुरुङले भन्नुभयो, सोको लागि समाजले सहकार्य गर्ने र चलचित्र भूपू लाहुरे प्रर्दशन गर्ने बारे छलफल भएको छ । चलचित्र अर्को महिना बैशाखमा नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै प्रर्दशन गरिने योजना छ । समाजका विभिन्न व्यक्तित्वहरुलाई सो कार्यक्रममा सम्मान समेत गरिनेछ । शनिबारको कार्यक्रममा कर्मोथलो सिंगापुरबाट जागीर सकेर नेपाल फर्किनुभएका सीआई गोबिन्द गुरुङ, उहाँकी धर्मपत्नी रीता गुरुङ, छोरी रिद्दि गुरुङ र समाजसेवी धन बहादुर गुरुङलाई स्वागत तथा सम्मान गरिएको थियो । सोही कार्यक्रममा धन बहादुर गुरुङ र प्रकाश गुरुङले हङकङ्गबाट आमा समुह र युवा समुहलाई दश दश हजार गरि जम्मा २० हजार आर्थिक सहयोग गर्नुभएको थियो । खोटाङ गुरुङ तमु सेवा समाज काठमाण्डौ समाजको एकता, हित र सम्बृद्धिका लागि स्थापित भएकोले यसलाई चलयामन बनाउने जिम्मा पनि सबैको हुने समाजका अध्यक्ष होमनाथ गुरुङले बताउनु भयो । समाजका प्रचार प्रसार बिभाग प्रमुख रूपन काजी गुरुङले जानकारी दिनुभएअनुसार, समाजले निमार्ण गरेको डकुमेन्ट्री भिडियो पनि प्रर्दशनको तयारीमा छ । समाजका सचिव मैना गुरुङले संचालन गर्नुभएको कार्यक्रममा आमा समूहका अध्यक्ष सुनिता गुरुङ, युवा समाजका अध्यक्ष संगीत गुरुङ लगायतका उपस्थीति रहेको थियो ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-