पोखरा
Lions International District ३२५ः अन्तर्गत रहेकोLions Club of Pokhara Baglungn ले चैत्र १६ गते बाग्लुङमा निःशुल्क आंखा शिविर सम्पन्न गरेको छ । हिमालय आंखा अस्पताल,घारिपाटन पोखराको प्राविधिक सहयोगमा जैमिनि नगरपालिका वडा नं १० स्थित देउरालीमा रहेको राङखानी स्वास्थ्य चौकीको प्रांगणमा शिविर सम्पन्न गरेको हो ।
सिविरमा करिब २५० जना सेवाग्राहीले लिनुभएको थियो । जाँचको क्रममा समस्या देखा परेको सेवाग्राहीहरुलाई चश्मा र औंषधी वितरण गरिएको थियो । शिविरमा १६ जना मोतिविन्दुको पहिचान भएको छ । मोतिविन्दुहरुलाई निशुल्क रुपमा उपचारको व्यवस्था गरिएको छ ।
क्लबका प्रसिडेन्ट निल प्रसाद आचार्यको अध्यक्षतामा भएको उक्त शिविरमा प्रमुख अतिथि वडा अध्यष श्री प्रसाद थापा, लायन्स ब्राढिडङ डिपार्टमेन्ट चिफ कोपिला श्रीस, राङखानी स्वास्थ्य चौकी प्रमुख राजेन्द्र थापा, नारायण थान स्वास्थ्य चौकी प्रमुख ऋषीराम शर्मा र एवं क्लबका पदाधिकारीहरु उमाकन्त पौडेल, दुर्गा देबी शर्मा, पबित्रा थापा, प्रोजिना बिक, ललिता घिसिङ र निशान शाहीको उपस्थिती रहेको थियो ।
शिविरमा हिमालय आंखा हस्पिटल, घारिपाटन पोखराबाट लक्ष्मण महत्वको नेतृत्वमा आरीषु केसी, रिना वि.क, क्रिष्टिना खड्का र श्रुती कार्कीको प्राविधिक टिमले सेवा प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रम सम्पन्न गर्न जैमिनि नगरपालिका स्वास्थ्य आमा समुह, राङखानी, शितल स्वास्थ्य आमा समुह, राङखानी, साना किसान कृषी सहकारी, आदन प्रदान कृषी सहकारी र राङखानी स्वास्थ्य चौकीको आर्थिक भौतिक, नैतिक रुपमा सहयोग गर्नुभएको थियो ।
उक्त कार्यक्रमको संयोजक क्लवका सचिब जयराम आचार्य हुनुहुन्थ्यो भने कोषाध्यक्ष यम शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो । हिमालय आंखा हस्पिटल, घारिपाटन पोखराबाट लक्ष्मण महतोको नेतृत्वमा आरीषु केसी, रिना बिक, क्रिष्टिना खड्का र श्रुती कार्कीको प्राविधिक टिमले सेवा प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रम सम्पन्न गर्न जैमिनि नगरपालिका, स्वास्थ्य आमा समुह, राङखानी, शितल स्वास्थ्य आमा समुह, राङखानी, साना किसान कृषी सहकारी, आदान प्रदान कृषी सहकारी र राङखानी स्वास्थ्य चौकीले आर्थिक भौतिक नैतिक सहयोग भएको थियो । शिविरमा कोषाध्यक्ष यम शर्माले सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने शिविरको कार्यक्रम संयोजक क्लबका सचिव जयराम आचार्य रहेको थियो भने औपचारिक कार्यक्रम प्रथम उपाध्यक्ष यसिन रोका मगरले सञ्चालन गर्नुभएको थियो ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-