चैत्र ३०, पोखरा
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराद्धारा निर्मित डकुमेन्ट्री भिडियो हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमकावीच डकुमेन्ट्री निर्देशक गोविन्द व.थापा सिन्जालीले प्रतिष्ठानका उपसचिव नारायण प्रसाद पौडेललाई डकुमेन्ट्री भिडियो हस्तान्तरण गरे । डकुमेन्ट्री भिडीयो ग्रहण गर्नुहुदै उपसचिव पौडेलले डकुमेन्ट्री भिडीयो उत्कृष्ट बनेको बताए । डकुमेन्ट्री भिडियोले प्रतिष्ठानको परीचयका साथमा पाँच वर्षका उपलव्धिहरुलाई दस्तावेजिकरणमा सहयोग पुगेको छ ,निर्माण टीमको मेहनतको प्रसंसा गर्दछु ,उनले भने । डकुमेन्ट्री हस्तान्तरण गदै निर्देशक गोविन्द थापाले डकुमेन्ट्री भिडीयोलाई उत्कृष्ट बनाउन सक्दो कोसिस गरेको बताए । गण्डकी प्रदेशका एघार वटै जिल्लामा छायांकन गरीएको डकुमेन्ट्री भिडियोलाई गोल्डेन आई टेलिभिजन पोखराले उत्पादन गरेको हो ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-