कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ऐतिहासिक काल्खु मेला सकियो: कालीकोटलाई भलिबलको उपाधि

खुला नृत्यतर्फ कोल्माकी अनुस्का च्याम्पियन

बिरुवा खबर बिरुवा खबर
खेलकुद, मनोरन्जन, समाचार
April 22, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
स्याङ्जा, ८ बैशाख ।  स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा सम्पन्न ‘ऐतिहासिक काल्खु मेला’मा भलिबलतर्फको उपाधि कालीकोटले जितेको छ ।
जनसम्पर्क युवा क्लबले गत चैत्र पूर्णिमा (३० गते) देखि आयोजना गरेको साबिक वडास्तरीय भलिबलको फाइनलमा आइतबार ओरस्टेलाई ३–२ को सेटले हराउँदै कालीकोटले उपाधि जितेको हो ।
उपाधिसँगै कालीकोटलाई नगद ८१ हजार रुपैयाँ, रनिङ शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।

उनका अनुसार उपविजेता टोली ओरस्टेले नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे । भने, तृतीय स्थान हाँसिल गरेको गहते ‘टिम बि’ले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्याे ।

सो प्रतियोगिताबाट ओरस्टेका लब्सन सुनार सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

यसैगरी सोही टिमकै कृष्ण थापा उत्कृष्ट ब्लकर, कालीकोटका सञ्जय गुरुङ उत्कृष्ट स्पाइकर, सोही टिमकै विवश थापा उत्कृष्ट डिफेन्डर र गहतेका सुजित थापामगर उत्कृष्ट लिफ्टरका रुपमा पुरस्कृत भए ।

कुल ३५ टिमको सहभागिता रहेको सो प्रतियोगितामा अनुशासित टिमका रुपमा सालडाँडा जामुने नगद रु १२ हजारसहित पुरस्कृत बन्यो ।

खुला नृत्यतर्फ कोल्माकी अनुस्का च्याम्पियन

खुल्ला नृत्य प्रतियोगितातर्फ कोल्माकी अनुस्का गुरुङ च्याम्पियन भइन् । अन्य ११ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अनुस्का प्रथम भएकी हुन् ।

यस्तै कोल्माकी साईसा गुरुङ द्वित्तिय, पोखराका दिपेश सुनार तृतिय र बयारघारीका विक्रम गुरुङले सान्त्वना स्थान हाँसिल गरे ।

खुल्ला नृत्य प्रतियोगितातर्फ प्रथम भएकी अनुस्काले ८ हजार रुपैयाँ, द्वित्तिय भएकी साईसाले ६ हजार, तृतीय भएका दिपेशले ४ हजार र सान्त्वना स्थान हाँसिल गरेका विक्रमलाई नगद रु २ हजार पुरस्कार प्राप्त गरेको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए ।
कोरियोग्राफर तथा नृत्य निर्देशक होम गुरुङको नेतृत्व निर्णायकको भूमिकामा थियो ।

यस्तै म्युजिकल चियर प्रतियोगितातर्फ निरा थापामगर प्रथम, कल्पना गुरुङ द्वित्तिय र माया रानामगर तृतिय भइन् । सो प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो ।

स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमा जागृती टोल विकास संस्था प्रथम

स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमा जागृती टोल विकास संस्था प्रथम बन्यो ।
कुल ६ समूहको सहभागिता रहेको सो प्रदर्शनीमा प्रथम बनेको जागृती टोल विकास संस्था नगद रु १० हजारसहित पुरस्कृत बन्यो ।
जागृती टोल विकास संस्थाले काल्खुले कुसिन्डे भाका प्रस्तुत गरेको थियो ।

यस्तै उपविजेता बनेको जिवन ज्योती टोल विकास संस्थाले झ्याउरे भाका प्रस्तुत गरेकोक थियो । जिवन ज्योतीले नगद रु ५ हजार प्राप्त गर्याे ।
उक्त प्रतियोगिताले स्थानीय संस्कृतिको संरक्षण गर्न सघाउ पुर्याएको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले बताए ।

मेलाका विभिन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडी तथा समुहलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका पुतलीबजार नगरपालिकाका प्रमुख तुलसी रेग्मी, पुतलीबजार नगरपालिकाका प्रवक्ता मनोज पौडेल, शुक्लागण्डकी नगरपालिका ११ का वडाध्यक्ष शालिकराम  भट्टराई, पुतलीबजार नगरपालिकाका विधान समितिका संयोजक तथा वडा १४ का सदस्य मुवारक मिया, पुतलीबजार नगरपालिका ३ की वडासदस्य सविता पौडेल, पुरस्कारदाताहरु स्थानीय अग्रजहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी तुलसी रेग्मीले प्रमुख अतिथि जनसम्पर्क युवा क्लबको खेल मैदानको स्तरोन्नतीका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

उनले काल्खु हुँदै तनहुँको सिमानासम्मको सडकलाई कालोपत्र गर्नका लागि बजेटको व्यवस्था गर्नेसमेत आश्वासन दिएका थिए ।

मेलाका क्रममा चर्चित लोक तथा दोहोरी कलाकार चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, निश्चल थापामगर, पारु गुरुङ, ममता तामाङ, रेशम थापामगर, अर्चना चापागाईं लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।

मेलाका संयोजक प्रेमबहादुर रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रको सञ्चालन खिम रानामगरले गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन