पोखरा,
योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) गण्डकी प्रदेशको अध्यक्षमा थम बहादुर गुरुङ (थमन) सर्वसम्मत चयन भएका छन्। पोखराको शिल्भर प्लेट पार्टी प्यालेसमा आज सम्पन्न पहिलो प्रदेश सम्मेलनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
समिति अनुसार उपाध्यक्षमा रिजन विक, महिला उपाध्यक्षमा सविता निउरे, सचिवमा सुमित घर्ति, सहसचिवमा दिपेन्द्र थापा, बसन्त सदा शंकर, दिपेन्द्र नेपाली, बिकास तामाङ र सागर गुरुङ चयन भएका छन्। कोषाध्यक्षमा आइतराम तामाङ चयन भएका छन्।
तीन दिनसम्म चलेको सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५० जना प्रतिनिधिको सहभागिता रहेको थियो। वाईसिएल गण्डकीका नवनिर्वाचित अध्यक्ष थमन गुरुङले उक्त जानकारी दिएका हुन्।














प्रतिक्रिया लेख्नुहोस्:-