पोखरा — योङ कम्युनिस्ट लिग, नेपाल (YCL) गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै संगठनको संरचना बलियो बनाएको छ।
उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवाको आन्दोलन” भन्ने मूल नारासहित सम्पन्न भएको उक्त सम्मेलनले प्रदेशस्तरीय संगठन विस्तारसँगै नेतृत्वलाई औपचारिक रूपमा चयन गरेको हो।
नयाँ निर्वाचित पदाधिकारीहरू यस प्रकार छन्:
अध्यक्ष : थमन गुरुङ्ग
उपाध्यक्षहरू: रिजन वि.क. सविता निउरे
सचिव: सुमीत घर्ति
सह-सचिवहरू: सागर गुरुङ्ग (सक्कु) दिपेन्द्र थापा वसन्त सदाशङ्कर दिपेन्द्र नेपाली बिकास तामाङ्ग
कोषाध्यक्ष: आइतराम तामाङ्ग
सदस्यहरू:
खिम ब. राना
महेन्द्र ढकाल
प्रकाश गुरुङ
तिल कुमारी थापा
सम्मेलनमा विभिन्न जिल्ला र संगठनका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजक समितिका अनुसार, यो सम्मेलनले समाजवाद, समानता र समृद्धिका पक्षमा युवाहरूलाई गोलबद्ध गर्दै संगठित रूपले अगाडि बढाउने लक्ष्य लिएको छ।














प्रतिक्रिया लेख्नुहोस्:-