पोखरा,कास्की —
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–१८ सराङकोटस्थित प्याराग्लाइडिङ उडानस्थलमा मादक पदार्थ (मा.प.से.) र लागूपदार्थ (ला.प.से.) सेवन सम्बन्धी चेकजाँच गरेको छ।
प्रहरीले चेकजाँचका क्रममा ३९ जना पाइलटहरूलाई परीक्षण गर्दा १५ जनालाई लागूपदार्थ परीक्षण गरिएको थियो। तीमध्ये १ जना पाइलटले मादक पदार्थ र लागूपदार्थ दुवै सेवन गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उडान सुरक्षासँग सम्बन्धित जिम्मेवार पेशामा संलग्न व्यक्तिहरूमाथि यस्तो चेकजाँच निरन्तर जारी राखिनेछ।














प्रतिक्रिया लेख्नुहोस्:-