जेठ २०, पोखरा,
कास्कीको अन्नपूर्ण गाउँपालिका १०र११ मा अन्नपूर्ण आरोहण दिवसको अवसर पारी आयोजित पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन २०८२ सम्पन्न भएको छ । जसमा पुरुष तर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवार च्याम्पियन बनेका छन् ।

अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा भएको म्याराथनमा अन्नपूर्ण आधार शिविर (एबिसी) देखि घान्द्रुकसम्मको दुरी ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा पार गर्दै नगद रु १ लाख ५० हजार प्राप्त गरे । यस्तै नेपाली सेनाकै होमलाल श्रेष्ठ द्वित्तिय बन्न सफल भए। उनले उक्त दुरी ४ घण्टा ३० मिनेट ४८ सेकेन्डमा पार गरेका थिए । त्यस्तै दलबहादुर कुँवरले ४ घण्टा ३३ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै तृतीय स्थान प्राप्त गरे ।
त्यस्तै स्थानीय सचिन गुरुङले ४ घण्टा ३६ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै सान्त्वना स्थान हाँसिल गरे । उनीहरुले क्रमश नगद रु १ लाख, ५० हजार र ३० हजार सहित सम्मा प्राप्त गरे ।

यसैगरी महिलातर्फ सुनमाया बुढाले ४ घण्टा ४१ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितिन् । सुनमायाले नगद रु १ लाख ५० हजार प्राप्त गरिन् । राममाया बुढाले ४ घण्टा ५० मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै द्वित्तिय बनिन् । भने, कल्पना बुढाले ५ घण्टा २ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै तृतीय बनिन् । उनीहरु क्रमश नगद रु १ लाख र ७५ हजारबाट पुरस्कृत बनिन् ।
‘सबै मौसमका लागि पर्यटन’ भन्ने नाराका साथ समुन्द्री सतहको ४ हजार १ सय ३० मिटर उचाई भएको अन्नपूर्ण आधार शिविरबाट शुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई सम्पन्न भएको थियो ।















प्रतिक्रिया लेख्नुहोस्:-