जेठ १९ ,पोखरा
स्याङजा कुगी तमु समाज पोखरा १५ नयाँगाउँमा एक हप्ते उद्घोषण तथा भाषण कला सम्वन्धी तालिम सम्पन्न भएको छ । समाजका महिला पदाधिकारीहरुको क्षमता बढाउने उदेश्यले सञ्चालित उद्घोषण तथा भाषण तालिम आइतवार सम्पन्न भएको हो । तालिमको समापन समारोहमा मन्तव्य दिदै प्रमुख अतिथी समाजका वरीष्ठ सल्लाहकार स्यानीमाया गुरुङले महिलाहरुको अन्तरनिहित क्षमतालाई उजागर गर्दै नेतृत्वको विकास गराउन तालिम निकै प्रभावकारी भएको बताए । उनले भने ,तालिमले सहभागीहरुमा निकै आत्मविश्वास बढाएकाले यस्ता तालिम निरन्तर सञ्चालन गर्नुपर्दछ । तालिमको समापन समारोहमा स्याङजा कुगी तमु समाजका निवर्तमान अध्यक्ष तथा सल्लाहकार ज्ञान राज गुरुङ ,सचिव जगत गुरुङ ,सहजकर्ता सञ्चारकर्मी गोविन्द थापा सिन्जाली लगायतका अतिथीहरुले मन्तव्य राखेका थिए साथै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । समाजका अध्यक्ष बम गुरुङको अध्यक्षतामा सन्चालित समापन समारोहमा प्रशिक्षार्थीहरु पुन माया गुरुङ र बौ माया गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने बाँकी सहभागीहरुले तालिमका सिकेका ज्ञान, अनुभव बाँडेका थिए । तालिममा समाजका कुल १६ जना महिलाहरुले सहभागिता जनाएका थिए ।















प्रतिक्रिया लेख्नुहोस्:-