कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

शालीन, सभ्य र नम्र स्वभावका कुलबहादुरको जीवन भोगाई

बिरुवा खबर बिरुवा खबर
समाचार
August 9, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शालीनता र साधारणपन एउटा दर्शन हो, जसले जीवन सहज र सफल बनाउने गर्दछ । यहि शालिनता र साधारणपनका प¥याय बोलीमा आभास, शैलीमा मिठास र शब्दमा खास बिशेषता भएका ब्यक्तित्व हुनुहुन्छ कुलबहादुर गुरुङ । आफ्नो क्षमता, योग्यता, सक्रीयता र गतिविधीको सञ्चारलाई आभास गराउन सक्ने पर्यटन क्षेत्रमा दम भएको र नाम जस्तै काम भएको ब्यक्तित्व हुनुहुन्छ कुलबहादुर गुरुङ । उहाँसंग संगत गर्नेहरूले सायदै सुनेका छन्, रुखो बोली, शैली वा कसैलाई रुखो व्यवहार गर्नुभएको । फलेको हाँगा झुक्छ भने झैं स्वभावले उहाँलाई जीवनमा सधैँँ सफलताको अग्रपंतिमा उभ्याएको देख्न सकिन्छ । उनै कुलबहादुर यतिबेला नेपाल पर्वतारोहण संघ (एनएमए)को नेतृत्वको उम्मेद्वार बन्नुभएको छ । आउँदो भदौ ७ गते हुने संघ नेतृत्व निर्वाचनका लागि दौडधुप गर्नेमध्ये अब्बल योग्य, सक्षम र सरल विचार भएका नेतृत्वका लागि दोबदार उम्मेद्वारका रुपमा परिचित नाम हो कुलबहादुर गुरुङ । नेतृत्वको दाबेदार गुरुङ आफ्नो लगनशिलता, मेहनत, नम्र शैली र सक्रीय कार्यशैलीले नै आफूलाई परिचित गराएको स्वीकार्नुहुन्छ । नेतृत्वदायी भूमिका निर्वाह गर्न आफु यी सबै कुराहरुमा सक्षम भएको उहाँ सुनाउनुहुन्छ । ‘सानो उमेरमा म कसैसँग पनि बोल्दिन थिएँ । त्यसैले मेरो आमा आफ्नो भएको एउटा छोरा पनि लाटो हुने भयो भनेर रुनुहुन्थ्यो,’ कुलबहादुर भन्नुहुन्छ, ‘तर, काम गर्ने क्रममै यी सबै सिकेँ । बोल्न सिकेँ । सबैसँग झुकेर व्यवहार गर्न सिकेँ । भाग्यबस हस्पिटालिटीको क्षेत्रमै काम गर्ने अवसर मिल्यो । यो क्षेत्रमा काम गरेको पनि ३ दशकभन्दा धेरै भइसक्यो । अब त झन् कसैसँग रिसाउनु नै छैन ।’ कुलबहादुरले आफ्नो सादगी कामबाटै सिक्नुभयो । तर, कसैलाई दिनुपर्छ र सहयोग गर्नुपर्छ भन्ने भावना उहाँमा बाल्यकालबाटै थियो । पत्याउन मुस्किल हुन्छ, नेपाली पर्यटन क्षेत्रमा झन्डै सयको हाराहारीमा उहाँले नै हुर्काउनुभएका व्यवसायीहरू छन् । उहाँकै मार्गनिर्देशन पछ्याउँदै पोर्टरबाट नेपाली पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका व्यक्तित्वहरू अहिले पथप्रदर्शक, व्यवसायी र विभिन्न हैसियतमा सक्रिय हुनुहुन्छ । ‘मेरो आमा, बुबा र बाजे बोजुले सधैँँ भन्नुहुन्थ्यो केही नभएकालाई सहयोग ग¥यो भने भगवानले हेर्छ । मलाई पढाउने स्कुलको हेडसरले सधैँँ भन्नुहुन्थ्यो तिमी सामाजिक स्वभावका छौ, यो स्वभावलाई कायम राख्नू,’ कुलबहादुर आफ्नो बाल्यकाल सम्झनुहुन्छ, ‘त्यसले गर्दा पनि सधैँँ सहयोग गर्नुपर्छ भन्ने भावना रहिरह्यो । मेरो गाउँमा पनि दाजुभाइहरूले धेरै पढ्न पाएनन् । धेरैले आठ÷नौ कक्षा पढ्दै छाडिदिए । उँहाहरूका लागि पनि राम्रो होस् भनेर यही क्षेत्रमा ल्याउने प्रयास गरेँ । काम गर्ने सिलसिलामा विभिन्न पदहरुमा रहँदा हिमालबारे नजिकबाट बुझ्ने, हिमालसंग नजिक रहेर काम गर्नेहरुको अवस्था र हकहितको पक्षमा काम गर्न र हिमाली जीवनलाई नजिकबाट बुझ्नुभएका उनै सक्रिय र शालीन व्यक्तित्वको आफ्नै संघर्षको कथा भने कम रोचक छैन । धादिङ जिल्लाको रुबीभ्याली ४, मा जन्मनुभएका कुलबहादुर गुरुङ विद्यालयमा सधैँ पहिलो हुनुहुन्थ्यो । विद्यालय पढ्दैखेरि उहाँमा नेपाली पर्यटन क्षेत्रको मोह बसिसकेको थियो । ‘मेरो भेना स्वर्गीय लालबहादुर गुरुङ टे«किङ गर्नुहुन्थ्यो । उहाँ विदेशीहरूसँगै गाउँ आउनुभएको थियो । मीठोमीठो पकाएर खाने । रमाइलो गर्ने । अंग्रेजी बोल्ने गर्नुहुन्थ्यो,’ कुलबहादुर भन्नुहुन्छ, ‘त्यो देखेपछि मैले त्यतिखेरै यो क्षेत्रमा काम गर्छु भन्ने सोचेको थिएँ ।’ एसएलसी दिएर काठमाडौं आउनुभएपछि उहाँले पोर्टरकै रूपमा पर्यटन क्षेत्रमा काम सुरु गर्नुभयो । त्यसपछि पोर्टर ग्रुप लिडर र शेर्पा हुँदै पथप्रदर्शकको समेत काम गर्नुभयो । त्यसपछि नेपालको पुरानो टे«किङ कम्पनी नेपाल भिजन टे«क्स एन्ड एक्सपिडिसनमा काम गर्नुभयो । नेपाल भिजनमा ११ वर्ष काम गर्दा कुलबहादुर जनरल म्यानेजरसम्म बन्नुभएको अनुभव र खुशि वहाँले सुनाउनुभयो । कम्पनीमा कुलबहादुरले यस्तो काम गर्नुभयो कि त्यसले कम्पनी छोटो समयमै निकै सफल बन्यो । ‘कम्पनी सुरु हुँदा गाइड भने नि पोर्टर भने नि मै एकजना थिएँ,’ कुलबहादुर भन्नुहुन्छ, ‘मैले छोड्दा कम्पनीसँग झन्डै एक सय १७ जना गाइड र हामी ९ जना म्यानेजर थियौँ ।’ त्यसयता (२००४ देखि) भने कुलबहादुरले आफ्नो छुट्टै कम्पनी अलायन्स टे«क्स एन्ड एक्सपिडिसन सञ्चालन गर्दै आउनुभएको छ । कामप्रति सधैँ गम्भीर भएर लाग्नुु हुने कुलबहादुर व्यवहारमा पनि उत्तिकै सकारात्मक सोंच र एकतामा विश्वास गर्नुहुन्छ । नेपाल पर्वतारोहण संघमा आफ्नो नेतृत्व सर्वस्वीकार्य भइ आउन पाए संस्थाको प्रगति, व्यवस्थापन, हिमाल व्यवस्थापन लगायतकासंग जोडिएका सबै पक्ष र क्षेत्रलाई समेटेर नयाँ उचाईं चुम्नेमा आफु हरसंभव तत्पर र सक्रीय रहने विश्वास उहाँको छ । ’नेतृत्व, एकता, संस्थागत विकास, हिमाली जनजीवन, आरोही, गाईड, पोर्टर सबैलाई नजिकबाट बुझेको छु त्यसैले संघ नेतृत्वका लागि मेरो दाबीदारी हो उहाँले बताउनुभयो । ‘मेरो सबैलाई सम्मान छ, प्रतिस्पर्धिलाई म कहिले विरोधी मान्दिन, म सक्षम छु त्यसैले काम गरेर देखाउने मेरो चाहना हो । मैले देखेको भोगेको र अध्धयन गरेको विषयलाई सदुपयोग गर्न चाहन्छु ।’ उहाँ भन्नुहुन्छ, ‘त्यहाँ गएर काम गर्ने हो, त्यो पनि विना स्वार्थ त्यसैले नेतृत्वमा मेरो उम्मेद्वारी हो । उहाँले व्यवस्थापनमा स्नातकोत्तर (एमबिए), कानुनमा एलएलबी र मास्टर्स इन टुरिजम स्टडिज (एमटिए) गर्नुभएका कुलबहादुर हाल ‘एक्सपिडिसन, इट्स अपरचुनिटी एन्ड च्यालेन्जेज इन रिफरेन्स टु नेपाल’ भन्ने विषयमा मलेसियाको लिङ्कन कलेजबाट विद्यावारिधि गरिरहनुभएको छ । सामाजिक सेवाको कर्मलाई जीवनकै महत्वपूर्ण पाटो बनाइसक्नुभएका कुलबहादुर आफ्नो यो यात्रा अझै जारी रहने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘समाजसेवाको कर्म आजीवन चल्नेछ ।’

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन