कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु, २३ दिनसम्म उपत्यका उत्सवमय हुने

बिरुवा खबर बिरुवा खबर
समाचार
September 5, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।

नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५’ शुक्रबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद्  बबरमहलमा आयोजित एक औपचारिक समारोहमार्फत महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सरकार र निजी क्षेत्र समान रूपमा अग्रसर हुनुपर्ने बताएका छन् ।

राष्ट्रपति पौडेलले भने, “लोकतन्त्रमा सबै वर्ग र पेशाका मानिसलाई समान अवसर प्राप्त हुन्छ । त्यसैको सदुपयोग गर्दै हाम्रो प्राचीन धरोहर, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु हाम्रो साझा दायित्व हो ।” उनले  नेपालको सांस्कृतिक सम्पदा अध्ययन, अवलोकन र अनुसन्धानका लागि वर्षेनी लाखौँ पर्यटक आउने भएकाले सम्पदाको संरक्षणमा सम्पदाप्रेमी सधैं सचेत रहनुपर्ने पनि बताए । सोही कार्यक्रममा शुभकामना मन्तव्य दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवलाई नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । उनले भने, “नेपालको संस्कृति र प्रकृतिका कथा र यसको संरक्षणमा हाम्रा पुर्खाहरुले पुर्‍याएको योगदानका कथाहरु संसारलाई सुनाउन र चिनाउन यस किसिमको महोत्सव उपयोगी हुने मेरो विश्‍वास छ ।“

मन्त्री पाण्डेले यस महोत्सवलाई वार्षिक क्यालेन्डरमा समेट्दै हरेक वर्ष अझ विस्तृत र व्यवस्थित रूपमा आयोजना गरिने जानकारी दिए । कार्यक्रममा शुभकामना मन्तव्यका दिँदै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रायः पर्वतीय र साहसिक पर्यटनका लागि चिनिए पनि यो महोत्सवमार्फत नेपाललाई ‘कला र सांस्कृतिक धरोहरहरूको भण्डार’ का रूपमा प्रस्तुत गर्न लागिएको बताए । सीईओ जोशीले अहिले पर्यटनका हिसाबमा ‘अफसिजन’ समय भनेर प्रचार गरिए पनि हाम्रो सांस्कृतिक प्रदर्शनीमार्फत् पर्यटकहरु तान्‍न सकिने समेत बताएका छन् । उनले थपे, “हाम्रो विशिष्ट संस्कृतिलाई जगेर्ना गर्दै संसारभर प्रचार गर्न सके पर्यटन आम्दानी बढ्ने मात्र होइन, नेपालको समृद्धिमासमेत प्रत्यक्ष योगदान पुग्नेछ
।” नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले यस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै ठूलो महत्व राख्ने भएकाले यसलाई ‘वैश्विक सांस्कृतिक पर्व’ को रूपमा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिए । काठमाडौं उपत्यकाका चारवटै शहर काठमाडौं, ललितपु, भक्तपुर र किर्तिपुरका विभिन्‍न ठाउँमा २३ दिनसम्म चल्ने महोत्सवमा ४० भन्दा बढी कार्यक्रम हुनेछन् । जसमा १५४ कलाकारका २७३ कलाकृति प्रदर्शनीमा राखिने छन् । साथै, सांस्कृतिक प्रदर्शनी, कला-कौशल, संगीत–नृत्य, परम्परागत परिकार र जीवित संस्कृतिको अनुभव गर्ने अवसर उपलब्ध हुने छ । नेपाल पर्यटन बोर्ड, नेपाल आर्ट काउन्सिल र नेपाल होटल व्यवसायी संघलगायतको आयोजना र काठमाडौं उपत्यका र निजी क्षेत्रको सहकार्यमा इन्द्र जात्राको अवसरमा शुभारम्भ भएको महोत्सव असोज ११ गतेसम्म चल्‍नेछ । “नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित सुरु भएको महोत्सवले उपत्यकाका पुराना शहरलाई उत्सवमय बनाउने र पर्यटनसँगै सांस्कृतिक गौरवलाई विश्वमञ्चमा पुर्‍याउने बोर्डको विश्वास छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन