नेपाल आदिवासी जनजाती महासंघ (फोनिज शाखा)को सयोजनमा मेजर लक्ष्मी प्रसाद गुरुङ, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना गरिएको छ । अक्षकोषका लागि समाज सेवी मेजर लक्ष्मी प्रसाद गुरुङले विहीबार एक कार्यक्रम वीच महासंघका कोषाध्यक्ष बस बहादुर शेर्पा (बसन्त) अध्यक्ष विना कुमारी थापा र उपाध्यक्ष सुशिल श्रेष्ठलाई एक लाख एक हजार एक सय पन्ध्र रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । व्यावसायिक पत्रकारलाई हौसला दिने उद्देश्यले अक्षयकोष स्थापना गरिएको गुरुङले बताउनुभयो । उक्त रकमको व्याजले गुरुङको बैबाहिक वर्षगाठको अवसरमा बार्षिक रुपमा व्यावसायिक एक पत्रकारलाई सम्मान गरिइने महासंघका अध्यक्ष विना कुमारी थापाले जानकारी दिनुभयो । द गोर्खाज बचत तथा ऋण सहकारीका अध्यक्ष मेजर गुरुङ, गल्फ संघ कास्की र गोर्खा कम्युनिटी कास्की नेपालका संस्थापक अध्यक्ष तथा युके तमु धिको प्रतिनिधी लगायत विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । साथै, १८ वर्ष देखि गोर्खा अभियान र सामाजिक काममा सक्रिय रुपमा लाग्दै आउनुभएको छ । गुरुङले हाल सम्म विभिन्न संघसंस्थामा ८२ लाख रुपैयाँ सहयोग गरि सक्नुभएको छ, उहाँले बृतिस र बुर्नाईमा ४२ वर्ष काम गर्नुभएको थियो ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-