२९ कात्तिक, पोखरा तमु साँस्कृतिक प्रतिष्ठान नेपालले रजत जयन्तीको अवसरमा आयोजना गरेको ूअन्तरविद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिताू कार्यक्रम कात्तिक २९ गते, शनिबार पोखरा(३, नदीपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि. मा सम्पन्न गरेको छ । लिटिल स्टेप मा।विका संस्थापक प्राचार्य श्री पम्फा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा मदरल्याण्ड मा। वि। का विशेषता तिवारीले प्रथम पुरस्कार हात पार्न सफल भएको छ । विन्ध्यावासिनी मा.वि.का पूर्णिमा भट्टराई द्वितीय, सृजना मा.वि. का दुर्गा सिग्देल तृतीय र प्रतिभा मा.वि. का विशाल खत्री सान्त्वना पुरस्कार हासिल गर्न सफल भएका छन् । विभिन्न विद्यालयका ५२ जना विद्यार्थीहरु सहभागी भएका यस कार्यक्रममा प्रमुख अतिथि गुरुङले विद्यार्थीहरुको प्रतिभा तथा लेखन क्षमतालाई तिखार्न यस्ता कार्यक्रमले अहम् भूमिका खेल्ने बताउनु भयो । प्रथम द्धित्तिय, तृतीय र सान्त्वना पुरस्कार राशी क्रमश रु १० हजार, रु ७, हजार, ५, हजार र सान्त्वना रु २, हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । यस प्रतियोगितामा सम्पुर्ण सहभागी विद्यार्थीहरुलाई समेत सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो । माउन्ट अन्नपूर्ण मा.विका नेपाली शिक्षक दण्डपाणि सुवेदी, गुरुङ साहित्यीक मन्चका संस्थापक अध्यक्ष तथा मुक्तककार गौरी गुरुङ र मादी न्युजका सम्पादक, सन्चारकर्मी रोश्नी गुरुङको तीन सदस्यीय निर्णायक मण्डल रहेको यस कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर गुरुङ, निर्णायक गौरी गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष श्रीजङ गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सह–सचिव एवम् यस कार्यक्रमका संयोजक लोकबहादुर गुरुङले संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पूर्व पदाधिकारीहरु, सल्लाहकारहरु, विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया लेख्नुहोस्:-