पौष २३, पोखरा
कास्की जिल्लाको मादी गाउँपालिका–१, खिलाङमा २३औं खिलाङ तमु ल्होसार मेला–२०८२ भव्य रूपमा आयोजना हुने भएको छ। “श्रृङ्खलाको अभियान, खिलाङ गाउँको पहिचान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त मेला २०८२ साल पौष २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ।
तमु (गुरुङ) समुदायको मौलिक संस्कृति, परम्परा, भाषा, भेषभूषा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो। मेलामा परम्परागत नृत्य, सांस्कृतिक झाँकी, स्थानीय कला–संस्कृति झल्किने प्रस्तुति, मौलिक भेषभूषा प्रदर्शनी तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ।
उक्त मेला खिलाङ थन्कु देउराली युवा क्लब, मादी गाउँपालिका–१, खिलाङको आयोजनामा हुन लागेको हो। मेलाले तमु समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धन, सामाजिक सद्भाव र आपसी एकता सुदृढ बनाउने अपेक्षा गरिएको छ।














प्रतिक्रिया लेख्नुहोस्:-