कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एसओएस गण्डकीमा ४२ औँ वार्षिक खेलकुद समारोहको समापन

बिरुवा खबर बिरुवा खबर
समाचार
January 14, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ वार्षिक खेलकुद कार्यक्रमको एक भव्य समारोहबीच शनिवार समापन गरिएको छ । बिहीवारदेखि विद्यालयको प्राङ्गणमा सञ्चालित उक्त समारोहलाई गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले समापन गरे ।
समापन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि डा. पौडेलले नियम र अनुशासनको अर्काे नाम खेलकुद भएको र यसको पालना गर्ने व्यक्ति मात्र सच्चा खेलाडी बन्न सक्ने बताए । हरेक क्षेत्रमा नियम सर्वाधिक महत्त्वपूर्ण भएकाले नियम उल्लङ्घन गरी जितिएको खेललाई वास्तविक खेल मान्न नसकिने उनको धारणा थियो । खेलमा सहभागी भइसकेपछि जित–हार प्राविधिक विषय भएको तर म खेल खेल्छु भन्ने दृढता नै खेलाडीको वास्तविक जित हुने पनि उनले बताए । विकसित राष्ट्रहरूमा देशले नै बालबालिकाको प्रमुख अभिभावकत्व ग्रहण गरिदिने प्रचलन रहेको तर हाम्रो देशमा त्यस्तो मनस्थिति विकास हुन सकिरहेको छैन ।’ सचिव पौडेलले भने, ‘प्रदेशको शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका धेरै क्षेत्रको जिम्मेवारी वहन गर्दै आइरहेको मन्त्रालय भएका नाताले बालबालिकाको शिक्षाका क्षेत्रमा उल्लेखनीय कर्म गर्दै आइरहेको एसओएसजस्तो मानवतावादी संस्थासँग सहकार्य गर्ने विषयलाई प्रदेश मन्त्रालयले विशेष चासोका साथ लिएको छ ।’ उनले खेलकुदमा विद्यार्थीहरूद्वारा प्रदर्शन गरिएको प्रतिभाको प्रशंसा गर्र्दै उत्कृष्ट विद्यार्थीहरूलाई बधाई पनि दिए ।
कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले सामाजिक रूपान्तरण र राष्ट्रिय गरिमासँगै आपसी भाइचाराको सम्बन्ध विकास गर्न खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले यही मान्यतालाई आत्मसात् गर्दै आगामी माघ ५ देखि १० सम्म वडाले खेलकुद महोत्सव आयोजना गर्न लागेको जानकारी पनि दिए ।
एसओएस स्कुल गण्डकीका प्रधानाध्यापक चूडामणि सुवेदीको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत मन्तव्य राख्दै विद्यालयका सहप्रधानाध्यापक प्रभास पौडेलले खेलको आयाम र जीवनका यसको महत्त्वबारे चर्चा गरे । उनले यस वर्षको खेलकुद दिवसमा समावेश गरिएका जम्मा ६५ खेलमध्ये अघिल्ला दुई दिन ४९ खेलहरू सफलतापूर्वक सम्पन्न भइसकेको र समापनका दिन १६ ओटा खेल राखिएको जानकारी दिए । सभाअध्यक्षको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले सिकाइ विद्यालयको कक्षाकोठामा मात्रै नभई जीवनका हरेक क्षेत्रमा हुने बताउँदै खेलकुदमा विद्यार्थीहरूले प्रदर्शन गरेको प्रतिभाको प्रशंसासहित खेलकुद समारोहलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद ज्ञापन गरे ।
समापन समारोहमा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, एसओएस बालग्राम पोखराका परियोजना निर्देशक लोब्स्याङ ग्याल्ट्सेन, एसओएस पोखराका प्रधानाध्यापक फुर्बु थिन्ले, एसओएस युवालय गण्डकीका प्रमुख रामचन्द्र पोखरेल, एसओएस गण्डकीका पूर्वप्रधानाध्यापक मोहनमुरारि खनाल, विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्रराज बराल, छोरेपाटनस्थित एसओएस व्यावसायिक तालिम केन्द्रका प्रमुख शिव लामिछाने, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री, समाजसेवी बाबुराम बराल, तोयनाथ भट्टराई, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, एसओएस बालग्रामकी आमा प्रतिनिधि रेखादेवी राना, चिकित्सक डा. विजय तिमल्सिनालगायतका अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
वार्षिक खेलकुद कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरूका बीचमा विभिन्न दूरीका दौड, रिले दौड, हाइजम्प, लङजम्प, स्याक रेस, सर्ट पुट, स्लो साइकलिङ, टग अफ वारलगायतका अन्तरसदनात्मक खेलहरू सम्पन्न भए भने शिशुकक्षाका विद्यार्थीहरूका बीचमा रिले रेस, बल पिक रेस, स्विट रेस, म्युजिकल चियर, बेलुन ब्रस्ट गेम, ओरेन्ज रेस, पेपर रिलेलगायतका खेलहरू आयोजना गरिएका थिए । खेलकुद समारोहमा विद्यालयमा गठित विभिन्न सदनमा आबद्ध विद्यार्थीहरूले राष्ट्रिय गीतको धुनमा सुसज्जित मार्च पास्डका साथै २ सय ५६ विद्यार्थीहरू सम्मिलित एउटा समूहले ‘स्वागत’, ‘एसओएस’ हुँदै अन्तिममा नेपालको राष्ट्रिय झन्डाको रूपाकृति निर्माण हुने गरी साङ्गीतिक नृत्य पनि प्रदर्शन गरेका थिए । कार्यक्रममा तामाङ संस्कृतिमा प्रचलित सेलो, मगर संस्कृतिमा प्रचलित कौरा नृत्य तथा नेवारी संस्कृतिमा प्रचलित लाखे नृत्यका अतिरिक्त अन्य विविध लोकसांस्कृतिक नृत्य पनि प्रदर्शन गरिएको थियो । खेलकुद अवधिभरि हुने सम्भावित दुर्घटनाबाट खेलाडीहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयमा क्रियाशील जुनियर रेडक्रस तथा गण्डकी मेडिकल कलेजमा कार्यरत भूतपूर्व विद्यार्थीहरू सम्मिलित चिकित्सकहरूको एक समूहले खेलकुद स्थलमै आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गरेको थियो । समारोहमा अभिभावकहरूका बीचमा ‘तातो आलु’ प्रतियोगितासमेत आयोजना गरिएको थियो ।
खेलकुद कार्यक्रममा विद्यालयको माछापुच्छ«े सदन यस शैक्षिक सत्रको विजेता सदन बन्न सफल भयो भने धौलागिरि सदन उपविजेता बन्यो । त्यस्तै उत्कृष्ट मार्चपास्ड प्रस्तोता अन्नपूर्ण तथा गौरीशङ्कर सर्वाधिक अनुशासित सदन घोषित भए । त्यस्तै कक्षा ११ र १२ तर्फ गौरीशङ्कर सदन विजेता तथा अन्नपूर्ण सदनले उपविजेताको उपाधि प्राप्त गरे । प्रतियोगितात्मक खेलका विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेल, वडाध्यक्ष तोरणबहादुर बानियाँ तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र, नगद पुरस्कार तथा पदक प्रदान गरे ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन