कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

डायमण्ड माविको ३८औँ वार्षिकोत्सव त्रिदिवसीय रुपमा भव्य रूपमा सम्पन्न

बिरुवा खबर बिरुवा खबर
समाचार
February 9, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
लेखनाथ, २४ माघ ।
पोखरा महानगरपालिका–२७, तालचोकस्थित डायमण्ड माविको ३८औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रमका साथ मनाईएको छ । माघ २२ देखि २४ गते सम्म मनाईएको वार्षिकोत्सवमा शैक्षिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
२२ गते पहिलो दिनको प्रमुख आकर्षणका रूपमा प्रख्यात साहित्यकार डा. नवराज लम्सालको बुक टक हो तथा प्यानल संवाद गरिएको थियो भने कृष्णशरण उपाध्याय लगायत शिव त्रिपाठीद्वारा कविता वाचन कार्यक्रम विशेष आकर्षण बनेको थियो ।
दोस्रो दिन २३ गते खाना महोत्सव, शिक्षा र मनोरञ्जनलाई एकै थलोमा समेटिएको डायमण्ड मेला २०८२ भव्य रूपमा सम्पन्न भएको थियो । मेलाको सभापतित्व हरिप्रसाद लामिछानेले गरेका थिए भने वाटर फ्रन्ट रिसोर्टका रेसिडेन्ट म्यानेजर अमृत बी. के. प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । विद्यार्थी रितिक गुरुङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा शैक्षिक प्रमुख सञ्जीव थापाले कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पारेका थिए भने सञ्चालन शिक्षक नारायण वाग्लेले गरेका थिए ।
मेलामा सांगीतिक प्रस्तुति अन्तर्गत ‘ग्लिच ग्रुभ’ ब्यान्डका तर्फबाट ड्रममा सिसन क्षेत्री, गिटारमा आसिम आले र ओस्कार गुरुङ, बासमा रितेन गुरुङ, तथा विशाल पाण्डे लगायतको लाइभ प्रस्तुति रहेको थियो। यसका साथै डायमण्ड ब्याण्ड र डायमण्ड गल्र्स ब्याण्ड को प्रस्तुति पनि दर्शकको विशेष आकर्षण बनेको शिक्षक राजन परियारले जानकारी दिए ।
विद्यालय प्राचार्य यम बहादुर रोकाको अध्यक्षतामा शनिबार सम्पन्न समापन समारोहमा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका रजिस्ट्रार तथा सह–प्राध्यापक डा. अजय थापाले विद्यार्थीलाई ज्ञान, अनुशासन र संस्कारसहित सक्षम नागरिक बनाउने कार्यमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उदाहरणीय काम गरिरहेको बताएका थिए ।
कार्यक्रममा स्वागत गर्दै भूतपूर्व विद्यार्थी एबम पोखरा विश्वविधालय शिक्षण अस्पतालका छाला, कुष्ठरोग तथा यौनरोग विशेषज्ञ डा. रमेश शर्माले विद्यार्थी जीवनमा संस्कार, स्वास्थ्य सचेतना र सामाजिक उत्तरदायित्वको महत्वमाथि प्रकाश पारेका थिए ।
समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेको नाटक “आत्मबोध”, देशभक्ति गीतमा आधारित उत्कृष्ट नृत्य, सांस्कृतिक झाँकी तथा विविध प्रस्तुतीहरूले उपस्थित दर्शकलाई गहिरो सन्देश दिनुका साथै कार्यक्रमलाई अझ प्रभावशाली बनाएको थियो।
उक्त अवसरमा विद्यालयमा १० वर्षसम्म निरन्तर सेवा प्रदान गर्ने शिक्षक–कर्मचारीहरू दिनेश शर्मा, रविचन्द्र अधिकारी, सञ्जय सुबेदी, अस्मिता शर्मालाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो। साथै पोखरा महानगरपालिका स्तरबाट सम्मानित उत्कृष्ट विद्यार्थीहरूलाई पनि विशेष सम्मान गरिएको थियो।
शैक्षिक उपलब्धिका आधारमा कक्षा १२ मा ३.९६ जिपिए सहित नेपाल टप गर्न सफल मयुर शाही, एसईई २०८१ मा उत्कृष्ट जिपिए प्राप्त गर्ने अङ्किता आचार्य र स्वस्तिका देवकोटा, तथा कक्षा ८ को बिएलई परीक्षामा ४.० जिपिए प्राप्त गर्ने युनिशा खड्कालाई सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो।
विद्यालयका निर्देशक माधव शरण उपाध्यायले त्रिदिवसीय कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थी, शुभेच्छुक तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन