हुम तमु
२०७९ असार २२, पोखरा
लोक संस्कृति जोगाऔ हाम्रो चिनारी बचाऔ भन्ने मुल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोतिा र स्रष्टा सम्मान एवंम इन्द्रेणी कार्यक्रम हुने भएको छ । लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचन जन्मजयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
आगामी साउन १२ गते देखि पोखरा सभागृहमा हुने प्रतियोगिता साउन १५ गते सम्म चल्ने प्रतिष्ठानका अध्यक्ष पूर्ण बहादुर गुरुङ ह्योल्मोले जानकारी दिनुभयो । प्रतियोगिताका लागि गण्डकी प्रज्ञा–प्रतिष्ठा, पोखरा प्रज्ञा–प्रतिष्ठान राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्र मातहतका प्रदेश, र जिल्ला शाखाहरु, इन्द्रेणी सांस्कृतिक समाज, काठमाण्डौ र हिमाली साँस्कृतिक परिवार, पोखरा लगायतको सहकार्य रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ६ लाख, द्धितिय हुनेलाई ४ लाख रुपैयाँ, तृतीय हुनेलाई २ लाख रुपैयाँ र सान्त्वना हुनेलाई १ लाख रुपैयाँ नगद रहेको अध्यक्ष ह्योल्मोले बताउनुभयो । प्रतियोगितामा देश भरका कलाकारहरुको सहभागिता हुने प्रतिष्ठानका सचिव कलाकार जीवन दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार ४५ टीमले प्रतियोगितामा भाग लिनेछ । प्रतियोगितामा भाग लिनका लागि २ हजार रुपैँया दर्ता शुल्क लाग्नेछ भने सहभागि कलाकारहरुलाई प्रति समुह ३ हजार रुपैयाँ भत्ता स्वरुप नगद दिइनेछ । प्रतियोगिता हेर्नका लागि निशुल्क प्रवेश गर्न पाइनेछ । पहिलो पटक हुन लागेको प्रतियोगितामा नारायण राइमाझी र योगेन्द्र वस्नेतलाई रु २५ हजारले सम्मान गरिनेछ । शेरचनको जन्म २००३ साउन १२ गते भएको थियो भने, मृत्यु २०६७ माघ २४ गते भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-