दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर
१ मा चुनावी सरगर्मी बढेको छ । राष्ट्रिय राजनीतिमा चर्चित अनुहारहरू चुनावी मैदानमा उत्रिए
पनि यसपटक स्थानीय स्तरमा भिजेका, निष्कलङ्क र बौद्धिक व्यक्तित्वको पहिचान बनाएका विद्यानाथ
ढकालको चर्चाले नयाँ मोड लिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट ।।।तारा’ चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका
ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र
एमालेकी भगवती न्यौपानेलाई कडा चुनौती दिइरहेका छन् । रास्वपाका स्वर्णिमको
उम्मेदवारीले बढी चर्चा कमाएको तनहुँ १ मा स्वर्णिम लगायत अन्य उम्मेदवारलाई ढकालले
चुनौती दिएका छन् । भुगोललाई नजिकबाट चिनेका र बुझेका ढकालले जनताको लोकप्रिय
उम्मेदवारको पहिचान स्थापित गरेका छन् ।
करिब तीन दशक शिक्षण पेशामा बिताएर ।।।प्रधानाध्यापक’को सामाजिक छवि बनाएका ढकाल
स्थानीय स्तरमा ।।।विद्या सर’का नामले परिचित छन् । उमेरले ६० नाघे पनि युवा जोश र परिपक्व
व्यवहार उनको विशेषता हो । ढकाल भानु नगरपालिका–४ चुँदीका स्थायी बासिन्दा हुन् ।
सहरमा आलिशान महल र विलासी जीवनको मोह त्यागेर आज पनि बुबाले बनाएको पुरानै
ग्रामीण घरमा बस्ने उनको सादगीपनले मतदाताको मन जितिरहेको छ । मतदानासँग मत माग्ने
क्रममा उनले भन्छन्, ।।।म यहीँको माटो र जनतासँग भिजेको मान्छे हुँ । मलाई
भोट माग्न गाउँ आउँदा अरूलाई जस्तो ।।।म यति पटक गाउँ आएँ’ भनेर स्पष्टीकरण
दिइरहनु पर्दैन ।’
ढकाल केवल राजनीतिकर्मी मात्र नभई तनहुँको विकासका खाका कोर्ने ।।।स्वप्नद्रष्टा’ पनि हुन्
।
मादी–मस्र्याब्दी मोटर मार्ग उनको अवधारणा हो । दमौली–कलेस्ती हुँदै बाइसजाँगर
जोड्ने यो रणनीतिक सडकको अवधारणा ल्याउने मुख्य सुत्राधार ढकाल नै हुन् ।
पर्यटन र वातावरणमा उनले चासो दिन्छन् । छिम्केश्वरीमा राष्ट्रिय निकुञ्ज निर्माण,
मिर्लुबकोटमा खुला चिडियाखाना र तनहुँसुरको ऐतिहासिकता जोगाउन उनले वर्षौँदेखि पैरवी
गर्दै आएका छन् ।
जलाधार विकासमा उनले निरन्तर आवाज उठाउँदै आइरहेका छन् । वृहत मस्र्याब्दी जलाधार
क्षेत्र विकास सरोकार समितिको संयोजक बनेर उनले यस क्षेत्रको पानी र प्राकृतिक स्रोतको
सदुपयोगका लागि ठोस योगदान दिइसकेका छन् ।
परिवार र समाजका लागि उदाहरणीय व्यक्तित्वको पहिचान पनि उनीसँग छ । राजनीतिलाई
व्यक्तिगत लाभको पद ठान्ने वर्तमान प्रवृत्ति विपरित ढकालले इमानको राजनीति गरिरहेका छन्
। उनका छोरीहरू उच्च शिक्षा हासिल गरी नेपालमै विभिन्न क्षेत्रमा कार्यरत छन् । आफ्ना
सन्तानलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै सेवा गर्न प्रेरित गर्ने उनको पारिवारिक
पृष्ठभूमिले ।।।स्वदेशमै रोजगारी’ को नारालाई सार्थक बनाएको देखिन्छ ।
मतदाताको आशाः निष्ठाको राजनीति
५० वर्ष लामो राजनीतिक यात्रामा पटक–पटक जेल र हिरासत भोग्दा पनि विचलित नभएका ढकाल
हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।
स्थापित प्रगतिशील साहित्यकार (आमा लघुकथा संग्रहका लेखक) समेत रहेका उनले सुशासन र सभ्य
समाज निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
स्थानीय मतदाताहरू भन्छन्, ।।।ठुला दलका हेभिवेट नेताहरूले आश्वासन मात्र दिए, तर हाम्रा
दुःख–सुखमा साथ दिने र यहाँको भूगोल बुझ्ने त विद्या सर नै हुन् ।’
चुपचाप मत बटुल्दै अगाडि बढेका ढकालको उपस्थितिले यसपटक तनहुँ–१ को चुनावी नतिजा
सोचेभन्दा फरक आउन सक्ने विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।














प्रतिक्रिया लेख्नुहोस्:-