पोखरा, ११ फागुन
नेकपा एमालेबाट कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका
बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–१४ का मतदातासँग भेटघाट गरेका
छन् । उनले सोमबार पोखरा–१४ का खाल्टेमसिना, भोटेचौतारा, काजीपोखरी,
चाउथेलगायत प्रमुख वस्तीसहित उक्त वडाका करिब २० वटा टोलमा पुगेर मतदाता भेटेका
हुन् ।
अधिकारीले आफू जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुँदा मझेरीपाटनको
रामेश्वरी माविको आठ कोठे भवन निर्माणका लागि पहल गरेको सम्झिए । सुकुम्बासी
समस्या समाधानका लागि एमालेले पुनः सक्दो भूमिका खेल्ने उनले बताए ।
स्थानीयले चोरीको समस्या रहेकाले सीसीटिभिको आवश्यकता वडाभित्र देखिएको विषय
उम्मेद्वार अधिकारीसमक्ष राखेका थिए । उम्मेद्वार अधिकारीले आफू निर्वाचित भएपछि
पूर्वाधार निर्माण, सुरक्षा जोखिम न्यूनिकरण, आर्थिक विकास र संसदीय सहभागितामा
सक्रिय हुने प्रतिबद्धता जनाए । उनले पूर्वाधार निर्माणमा जनसहभागिता पनि उत्तिकै
महत्वपूर्ण हुने बताए ।
कास्की–१ मा एमालेले जितेपछि नै पूर्वाधार निर्माणतर्फ सम्झनलायक काम भएको
उनले दाबी गरे । उनले नयाँ पार्टी आएको भनेर भ्रममा नपर्न मतदातालाई आग्रह
पनि गरे ।
एमालेले मंगलबारदेखि मादी गाउँपालिकामा घरदैलो गर्ने तयारी गरेको छ ।
मंगलबार मादी–१, ६ र ७ मा घरदैलो हुनेछ ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-