चैत्र ८, फाल्गुन
गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा सम्मान तथा ट्रफी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश भलिबल गतिविधिलाई निरन्तर रूपमा आर्थिक तथा नैतिक सहयोग पु¥याउँदै आउनु भएका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा लेख प्रसाद गुरुङ, सुदिप गुरुङ, सौरब गुरुङ लगायत रहेका छन् ।
कार्यक्रममा राजेन्द्र जी.सीको अध्यक्षतामा प्रमुख अतिथि नारायण प्रसाद शर्मा, विशेष अतिथि धोज कुमार गुरुङ, याम बहादुर गुरुङ, डिवि नेपाली, मिलन गुरुङ, खेलाडी, प्रशिक्षक, तथा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । गण्डकी प्रदेशमा भलिबल खेलको विकास र प्रवद्र्धनमा यस्ता कार्यक्रमले थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।















प्रतिक्रिया लेख्नुहोस्:-