चैत २८, पोखरा
पोखरा रंगशालाको ब्याडमिन्टन कभर्ड हलमा विगत तीन दिनदेखि जारी “दोस्रो बिरुवा मनकामना ब्याडमिन्टन कप–२०८२” भव्यताका साथ सम्पन्न भएको छ । बिरुवा मनकामना ब्याडमिन्टन ग्रुप, पोखराको आयोजनामा भएको उक्त खुल्ला तथा गण्डकी प्रदेश स्तरीय मेन्स डवल ब्याडमिन्टन प्रतियोगिताको शनिबार एक विशेष समारोहका बीच समापन गरिएको हो ।
समापन समारोहमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै सामाजिक विकास तथा युवा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापाले खेलकुदको विकासका लागि प्रदेश सरकार सधैं तत्पर रहेको बताउनुभयो । उहाँले खेलकुदलाई गाउँस्तरदेखि नै प्रदेश स्तरीय स्तरोन्नति गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “खेलाडीहरूको प्रतिभा प्रस्फुटनका लागि स्थानीय स्तरका यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्छन् । गण्डकी प्रदेश सरकार खेलकुदको पूर्वाधार र खेलाडीको वृत्तिविकासका लागि निरन्तर लागिपर्नेछ ।”
प्रतियोगिता विभिन्न तीन विधामा सञ्चालन गरिएको थियो, जसको अन्तिम नतिजा निम्न अनुसार रहेको छः
पूर्व आर्मी÷प्रहरी मेन्स डबल्स प्रथम चन्द्र गुरुङ र दुर्गा गुरुङ, द्वितीय मणी चाम्लिङ र रणध्वज राई, तृतियमा हरि आले र यार बहादुर गुरुङ/बेल श्रीस र डम्मर अधिकारी हुन सफल भएको छ ।
प्रथम, द्धित्तिय र तृतियहुनेले क्रमश, ४५, २५, ८/८ हजार प्राप्त गर्न सफल हुनुभएको छ ।
सी लेभल मेन्स डबल्समा प्रथम मदन बस्नेत र दिल पुन, द्वितीय चीना गुरुङ र निशान कोइराला, तृतियमा तेज बक्सिङ र वीर सिंह थापा÷हिमाल श्रीस र दीपक थापा भएको छ । जसमा पुरस्कार नगद रु ४५, २५ र ८/८ हजार प्राप्त गर्न सफल भएको छ ।
बी लेभल मेन्स डबल्स प्रथम विमल कुमाल र खिम गुरुङ, द्वितीय विश्वास वि.क. र पुष्पा कुमार राई तृतियमा शिशिर श्रेष्ठ र सागर शर्मा÷बम बहादुर गुरुङ र जोन जसराज हुन सफल भएको हो ।
विजेता खेलाडीले पुरस्कार स्वरुप नगद रु ६०, ३० र १०/१० हजार प्राप्त गर्न सफल भएको छ ।
बिरुवा मनकामना ब्याडमिन्टन ग्रुपका अध्यक्ष बम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बिरुवा गाउँपालिका–७ का वडा अध्यक्ष मेखराज गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, प्रहरी उपरीक्षक सुनिल मल्ल लगायत विभिन्न सामाजिक व्यक्तित्व र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले गर्नुभएको थियो । प्रतियोगिताले स्थानीय स्तरमा ब्याडमिन्टन खेलको आकर्षण बढाउनुका साथै नयाँ खेलाडीहरूलाई प्रोत्साहित गरेको आयोजकले जनाएको छ।















प्रतिक्रिया लेख्नुहोस्:-