स्याङ्जा — स्याङ्जा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विरुवा गाउँपालिका–७ चित्लाङका ४६ वर्षीय केशबहादुर गुरुङ रहेका छन्।
प्रहरीका अनुसार गुरुङले आफ्नै घरमा लुकाईछिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक बरामद गरिएको हो। साथै सोही बन्दुकमा प्रयोग हुने बारुद ३ ग्राम, छर्रा १० वटा र केप ३ वटा समेत फेला पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अनुसार गुरुङलाई नियन्त्रणमा लिई हातहतियार सम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको छ। स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।














प्रतिक्रिया लेख्नुहोस्:-