बिरुवा स्याङ्जा
बैशाख 13
स्याङ्जाको बिरुवा गाउँपालिका–१, बिरुवा बजार खेलमैदानमा आयोजित नवौँ अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८३ सफलतापूर्वक सम्पन्न भएको छ। समापन समारोह सार्वजनिक लेखा समितिका सभापति तथा गण्डकी प्रदेश सभा सदस्य माननीय सुदिर कुमार पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
प्रतियोगितामा पुरुष भलिबलतर्फ वडा नं. ६ प्रथम, वडा नं. ४ द्वितीय र वडा नं. ७ तृतीय स्थान प्राप्त गर्न सफल भए । बिजेता टिमले क्रमश ८०, ५५ र ३० हजार नगद पुरस्कार प्रप्त गर्नुभयाे । त्यस्तै महिला भलिबलमा वडा नं. ७ प्रथम, वडा नं. ४ द्वितीय र वडा नं. २ तृतीय स्थानमा रहे। विजेता टिमलाई ५०, ३० र २० हजार नगद, भेट्रान्स भलिबलतर्फ वडा नं. ८ प्रथम र वडा नं. २ द्वितीय बने जसमा नगद पुरस्कार १५ र १० हजार सहित ट्रफि र मेडल बितरण गरिएकाे थियाे ।
त्यसैगरी पुरुष ब्याडमिन्टनमा वडा नं. २ प्रथम, वडा नं. ७ द्वितीय तथा वडा नं. ४ र वडा नं. ७ तृतीय भए जसमा क्रमस १२,ढ र ४ हजार पुरस्कार राशी बितरण गरिएकाे थियाे महिला ब्याडमिन्टन तर्फ भने वडा नं. १ प्रथम, वडा नं. ८ द्वितीय तथा वडा नं. ७ र वडा नं. ८ तृतीय भए उहाँहरुले पनि क्रममा ५, ५ र ३ हजार नगद पुरस्प्राकार राशी प्राप्त गर्नुभयाे । सटफुट तर्फ भने दुजिक थापा प्रथम, सहविर थापा द्वितीय र इश्वर थापा तृतीय स्थानमा रहे। जहाँ ५, ३ र २ हजार नगद पुरस्कार बितरण गरिएकाे थियाे ।
उक्त प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै आपसी एकता र प्रतिस्पर्धात्मक भावनालाई थप मजबुत बनाएको छ। विजेता तथा सहभागी सम्पूर्णलाई गाउँपालिकाले बधाई तथा धन्यवाद ज्ञापन गरेको छ।















प्रतिक्रिया लेख्नुहोस्:-