पोखरा, २६ वैशाख शनिबार पोखरामा सम्पन्न क्लबको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिलन पुन, प्रथम उपाध्यक्षमा इनोज रञ्जित, द्वितीय उपाध्यक्षमा द्रव्यजंग राणा, सचिवमा चेतनाथ चालिसे, सह–सचिवमा बिक्की गुरुङ, कोषाध्यक्षमा विकास बिजुक्छे तथा सह–कोषाध्यक्षमा सुजन गुरुङ (रेयस) चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (ईमान), दमनजंग राणा, नविन थापामगर, सुबिन गुरुङ, मनोजकुमार गुरुङ, बासु जिसी र राजेश श्रेष्ठ रहेका छन्।
अधिवेशनअन्तर्गत सम्पन्न बन्दसत्रमा सह–सचिव चेतनाथ चालिसेले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन तथा निवर्तमान कोषाध्यक्ष विनोद गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत् रूपमा अनुमोदन गरिएको थियो।
उक्त अधिवेशनको उद्घाटन मोतीमान शाक्यले गरेका थिए। कार्यक्रममा निवर्तमान अध्यक्ष उमेश सिके, प्रमुख अतिथि शाक्य तथा सदस्य बिक्की गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
निवर्तमान अध्यक्ष उमेश सिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान सदस्य अनिरुद्र उदासले स्वागत मन्तव्य राखेका थिए भने सह–सचिव चेतनाथ चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए।














प्रतिक्रिया लेख्नुहोस्:-