भाद्र १, स्याङजा
स्याङजामा जिल्ला स्तरीय भलिबल रेफ्री प्रशिक्षण कार्यक्रम २०७९ सुरु भएको छ । पुतलिबजार नगरपालिका वडा नं–३ मा अवस्थित सहयात्री पार्टी प्यालेस स्याङजामा, गण्डकी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्री माननिय राजिब गुरुङको प्रमुख आतिथ्यतामा पानसमा दियो बाली प्रशिक्षण कार्यक्रमको समुद्घाटन गरिएको हो। प्रशिक्षण कार्यक्रमले राष्ट्रिय खेल भलिबलको विकास गराउने उद्देश्यले आयोजना गरिएको हो । अन्तराष्ट्रि भलिबल खेलको नियमहरु गाउँगाउँमा लुकेर रहेको प्रतिभाहरुलाई थप उचाईमा पु¥याउनको लागी जिल्ला भलिबल संघ र जिल्ला भलिबल रेफ्री कमिशन, स्याङजाले आयोजना गरेको हो । प्रशिक्षण कार्यक्रममा अन्तराष्ट्रिय भलिबल रेफ्री गौतम प्रशाद लासिवा र अन्तराष्ट्रिय भलिबल रेफ्री क्याडिडेट विकास गुरुङले प्रशिक्षण गराउने छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यत्रलय स्याङजाका प्रमुख जिल्ला अधिकारी राजु पौडेल, जिल्ला प्रहरुी कार्यालय स्याङजाका प्रहरी उपरिक्षक राजिव बहादुर बस्नेत, टाईगर ग्रुप अफ पोखरा, पोखरा महानगरपालिकाका परिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा लगायतको उपस्थितिमा रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै पदेश खेलकुद परिषद गण्डकी प्रदेशका उपाध्यक्ष धोज कुमार गुरुङले देशको नाम राख्ने खेलाडीहरुलाई सक्दो सहयोग गर्ने बताए ।
त्यस्तै खेलाडीहरुलाई शरिरको लागी आवश्यक डाईटको व्यवस्था गरिएको जानकारी गराए त्यस्तै विशेष अतिथि प्रमुख जिल्ला अधिकारी राजु पौडेलले साथ र सहयोगका साथै कार्यक्रम सफलताको शुभकामना दिएको थियो ।
भद्र ४ गते सम्म चल्ने सो कार्यक्रममा उत्सहजनक रुपमा ८० जना प्रशिक्षार्थिहरु सहभागी भएको र प्रशिक्षण कार्यक्रले भोलिका दिनमा राष्ट्रिय भालिबलको विकासमा टेवा पुग्ने विश्वास कार्यक्रम संयोजक अनिल रानाले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-