कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गाबुडाँडामा चिहान डाँडा प्रतिक्षालय तथा पिकनिक पार्क उद्घाटन, २०० बढी बिरुवा रोपियो

बिरुवा खबर बिरुवा खबर
समाचार, फोटो फिचर, मुख्य समाचार, विरुवा बिशेष
June 24, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार ९, स्याङ्जा, बिरुवा ।

बिरुवा गाउँपालिका–२ अन्तर्गत गाबुडाँडा गाउँमा निर्माण गरिएको गाबुडाँडा चिहान डाँडा प्रतिक्षालय तथा पिकनिक पार्क एक समारोहबीच उद्घाटन गरिएको छ।

तमु समुदायको मौलिक पहिचान, संस्कृति तथा अस्तित्वको संरक्षण गर्दै गाबुडाँडा गाउँलाई पर्यटकीय तथा सामाजिक दृष्टिले थप प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त संरचनाको उद्घाटन बिरुवा गाउँपालिका–२ का वडा अध्यक्ष नेमबहादुर गुरुङ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि गुरुङले शिलापट्ट तथा व्यानर अनावरण गर्दै प्रतिक्षालय तथा पार्कको औपचारिक उद्घाटन गरेका थिए।

प्रतिक्षालय निर्माणका लागि वडा कार्यालयबाट २ लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको थियो भने मिलन आमा समूह र स्थानीय गाउँवासीहरूको आर्थिक तथा भौतिक सहयोगले निर्माण कार्य सम्पन्न भएको आयोजकले जनाएको छ।

उद्घाटन समारोहकै अवसरमा वडा कार्यालयमार्फत प्राप्त ४० थान कुर्सी र ८ थान टेबल वडा अध्यक्ष गुरुङले कमल चक्र युवा क्लब तथा गाउँ समुदायलाई हस्तान्तरण गरेका थिए। यसले स्थानीय सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालनमा थप सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमसँगै प्राकृतिक सौन्दर्यले भरिपूर्ण पार्क क्षेत्रमा २०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवाहरू रोपेर वृक्षारोपण अभियान समेत सञ्चालन गरिएको थियो। वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि गरिएको वृक्षारोपणलाई स्थानीयवासीले सकारात्मक पहलका रूपमा लिएका छन्।

पोखरामा स्थायी तथा अस्थायी बसोबास गर्दै आएका गाबुडाँडा गाउँका बासिन्दाहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप भव्य र उत्साहपूर्ण बनाएको थियो।

कार्यक्रममा गाबुडाँडा पोखरा समाजका अध्यक्ष, तमु प्ये ल्हु संघ स्याङ्जाका अध्यक्ष रेशम तमु, वडा सचिव, वडा सदस्यहरू, समाजसेवी तथा युवा नेता थमन गुरुङ, टोल संयोजक, पूर्व वडा अध्यक्ष तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

मिलन आमा समूहकी अध्यक्ष गंगादेवी गुरुङ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमल चक्र युवा क्लबका अध्यक्ष हुमबहादुर गुरुङ ले गरेका थिए।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन