असार २२ , स्याङ्जा
श्री सीपकला संरक्षण एकता समाज बिरुवा १,स्याङजाको आयोजनामा पाँच दिने उद्घोषण तथा भाषण कला सम्वन्धी तालिम सम्पन्न भएको छ । समाजका दलित समुदायको क्षमता बढाउने उदेश्यले सञ्चालित उद्घोषण तथा भाषण तालिम समाज कल्याण आमा समुहको भवन बिरुवाबजारमा सन्चालन गरीएको थियो । तालिमको समापन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथी विरुवा गाउँपालीकाका अध्यक्ष सुर्य कुंवरले उत्पीडीत दलित समुदायका अन्तरनिहित क्षमतालाई उजागर गर्दै नेतृत्वको विकास गराउन यो तालिम निकै प्रभावकारी भएको बताए । उनले भने ,तालिमले सहभागीहरुमा निकै आत्मविश्वास बढाएकाले यस्ता तालिम निरन्तर सञ्चालन गरीनेछ । तालिमको समापन समारोहमा विशेष अतिथी वडा नं १ का अध्यक्ष राजेन्द्र के.सि,गाउँपालिका सदस्य पहलसिंह बि.क ,श्री सीपकला संरक्षण एकता समाजका अध्यक्ष धनप्रसाद सुनार ,कोषाध्यक्ष भीम बहादुर सुनार सहजकर्ता सञ्चारकर्मी गोविन्द थापा सिन्जाली लगायतका अतिथीहरुले मन्तव्य राखेका थिए साथै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । समाजका उपाध्यक्ष चन्द्र बहादुर सुनारको अध्यक्षतामा सन्चालित समापन समारोहमा प्रशिक्षार्थीहरुले कार्यक्रम सञ्चालन गरेका थिए भने सहभागीहरुले प्रतिभा प्रष्फुटन गर्दै तालिमका सिकेका ज्ञान, अनुभव बाँडेका थिए । तालिममा समाजका कुल ६० जनाले सहभागिता जनाएका थिए ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-