कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तमु प्ये ल्हु संघ जिल्ला महिला समितिको वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न,अध्यक्षमा खकी माया तमु निर्वाचित

बिरुवा खबर बिरुवा खबर
समाचार
August 22, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । तमु प्ये ल्हु संघ जिल्ला महिला कार्यसमिति कास्कीको दशौँ स्थापना दिवस, वार्षिक साधारणसभा तथा चौथो अधिवेशन एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनले खकी माया तमुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित समितिको उपाध्यक्षमा उमा तमु, सचिवमा पुष्प तमु, सहसचिवमा रत्न तमु, कोषाध्यक्षमा रामकुमारी तमु र सहकोषाध्यक्षमा रिश काशी तमु चयन हुनुभएको छ। सदस्यहरूमा उमा देवी तमु, डिल शोभा तमु, लिलु तमु, नुम माया तमु, कौमती तमु, टौसरी तमु, रामकुमारी तमु, नानी माया तमु, शान्ति तमु, संगीता तमु, सन्तोषी तमु, धनकुमारी तमु, सेती माया तमु, पारु तमु, पुष्प तमु र रिता तमु रहनुभएको छ। बिहीबार तमु प्ये ल्हु संघको सभाहलमा आयोजित कार्यक्रममा बिहान शुभसाइतमा संघ जिल्ला पच्यु अध्यक्ष भीमबहादुर तमुले छ्योपा पूजा गरी स्वस्ती–शान्ति तथा सुख, समृद्धिको कामना गर्नुभएको थियो। औपचारिक कार्यक्रम जिल्ला महिला समितिका अध्यक्ष तिलमाया तमुको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि तमु प्ये ल्हु संघ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक हितकाजी टु क्ल्हेप्री तमुले हालै राष्ट्रिय पञ्जीकरण विभाग, सिंहदरबारमा बोन धर्म दर्ता हुनु तमु समुदायका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले अब विवाह तथा जन्मदर्ता लगायतका सरकारी अभिलेखमा बोन धर्म उल्लेख गर्न समुदायलाई आग्रह गर्नुभयो। तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष ओम बहादुर तमुले जिल्ला महिला समितिले संघका गतिविधि र अभियानलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। केन्द्रीय पूर्वअध्यक्ष रूपबहादुर तमुले विभिन्न आरोह–अवरोहका बीच निरन्तर कर्तव्यनिष्ठ र सेवाभावका साथ अघि बढ्दै सक्षम महिला नेतृत्वका रूपमा स्थापित हुन सफल भएकोमा बधाई दिनुभयो। केन्द्रीय क्ल्हेप्री समितिका अध्यक्ष सन्तोष तमुले धर्म, संस्कार र संस्कृति संरक्षणका लागि सेमिनार, गोष्ठी तथा अन्तरक्रिया मार्फत जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।

केन्द्रीय बोन लम समितिका अध्यक्ष चोक बहादुर लम तमुले प्ये छ्या संरक्षण तथा हस्तान्तरणका लागि आफूले हालसम्म तीन जना शिष्यलाई भार ग्रहण गराइसकेको जानकारी दिनुभयो। युवा खेगीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले तुलमाया तमु र उहाँका श्रीमान् दीपक तमुले स्थापना गर्नुभएको कुलराम अक्षयकोषबाट दोर्दी गाउँपालिका, लमजुङका डम्बरबहादुर लम तमुलाई माला, फेटा, भाङ्ग्रा, सम्मानपत्र तथा नगद सहित सम्मान गरिएको थियो। केन्द्रीय महिला समितिका अध्यक्ष बुद्धिमाया तमुले जिल्ला महिला समितिको आवश्यकता महसुस गरी तत्कालीन केन्द्रीय महिला समिति अध्यक्ष पुष्प तमुको कार्यकालमा २०७३ सालमा जिल्ला महिला समिति गठन गरिएको स्मरण गर्नुभयो। त्यस्तै, गण्डकी प्रदेश अध्यक्ष कुलप्रसाद तमुले संस्थाले आफ्ना उद्देश्यअनुरूप प्रभावकारी गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। संघ कास्कीका अध्यक्ष निम बहादुर तमुले धर्मले मानिसलाई अनुशासित बनाउने बताउँदै बोन धर्मको प्रचार–प्रसारलाई व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले यस विषयमा छिट्टै तमु हे तमु समाज पोखरा मार्फत अन्तरक्रिया कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो। तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर तमुले सम्पूर्ण तमु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले आयोजना गरिने कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्दै आगामी गतिविधिलाई अझ व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले जिल्ला महिला समितिलाई २० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएकोमा उहाँ र उहाँकी धर्मपत्नी हिन्दुमाया तमुलाई प्रशंसापत्र, फेटा, माला तथा दोसल्ला सहित सम्मान गरिएको थियो। सम्पूर्ण क्षेत्रीय समाजहरूको तर्फबाट ढोर फिरफिरे तमु समाजका अध्यक्ष सुबेदार नन्दबहादुर तमुले शुभकामना दिनुभयो। क्षेत्रीय आमा समितिहरूको तर्फबाट श्री शान्त तमु समाजका अध्यक्ष चिजा तमुले संघले अघि सारेका अभियानलाई प्रभावकारी बनाउन महिला समितिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले घर–परिवारदेखि समाजसम्म संस्कार र संस्कृति हस्तान्तरण गर्ने प्रमुख आधार महिलाहरू नै भएकाले महिला नेतृत्वलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रम सफल बनाउन १५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुहुने मार्गी थिम्चें समाजका अध्यक्ष मनकाजी तमु लगायत आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई माला, दोसल्ला, फेटा र सम्मानपत्र द्वारा सम्मान गरिएको थियो। उपाध्यक्ष खकी माया तमुले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा सचिव बिना तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा जिल्ला महिला समिति, जिल्ला समिति तथा जिल्ला युवा समिति कास्कीका तर्फबाट प्रस्तुत विभिन्न सांस्कृतिक नृत्यले सहभागीलाई मनोरञ्जन प्रदान गर्नुका साथै कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। नवनिर्वाचित अध्यक्ष खकी माया तमुले आगामी कार्यकालमा महिला सहभागिता, तमु धर्म, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन