पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, लुम्रे, ल्वाङ्घलेलमा आगामी असोज २७ गतेदेखि ३० गतेसम्म “नवौं बडा दशैं लुम्रे उत्सव–२०८३” आयोजना हुने भएको छ । “आजको आवश्यकता, समाज विकासमा युवा एकता“ भन्ने मूल नाराका साथ श्री नव निश्चल झरना युवा क्लबको आयोजनामा उक्त उत्सव हुन लागेको हो । लुम्रे टोल विकास संस्था, भुने, तारुवा, तनजे टोल विकास संस्था र मिर्मिरे आमा समूहको सह–आयोजना तथा श्री तारेबराह आधारभूत विद्यालयको विशेष सहयोगमा सञ्चालन हुने यस उत्सवमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएका छन् ।
विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू चार दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा गाउँस्तरीय तथा क्लबस्तरीय विभिन्न प्रतियोगिताहरू आयोजना गरिने खेलकुद संयोजक जापान गुरुङ र सांस्कृतिक संयोजक दुर्गा बहादुर गुरुङले जानकारी दिएका छन् ।

आयोजित प्रतियोगिताहरूको विवरण यस प्रकार छः
गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताः दर्ता शुल्क रु. ५,००० रहेको यस प्रतियोगिताको प्रथम पुरस्कार रु. ६०,०००, द्वितीय पुरस्कार रु. ३०,००० र सेमिफाइनल उपविजेता दुई टिमलाई रु. १०,००० का दरले प्रदान गरिनेछ । (खेल मितिः असोज २७–३० गते सम्म)
क्लब स्तरीय महिला भलिबल प्रतियोगिताः दर्ता शुल्क रु. ३,००० रहेको यस प्रतियोगिताको प्रथम पुरस्कार रु. ३०,०००, द्वितीय पुरस्कार रु. १५,००० र सेमिफाइनल उपविजेता दुई टिमलाई रु. ६,००० का दरले प्रदान गरिनेछ । (खेल मितिः असोज २९ र ३० गते सम्म )
क्लब स्तरीय भेट्रान भलिबल (३५ वर्षमाथि) दर्ता शुल्क रु. ३,५०० रहेको यस प्रतियोगितामा प्रथम हुनेले रु. ३०,०००, द्वितीयले रु. १५,००० र सेमिफाइनल उपविजेता दुई टिमले रु. ६,००० का दरले प्राप्त गर्नेछन् । (खेल मितिः असोज २९–३० गते सम्म )
खुल्ला लोक दोहोरी प्रतियोगिताः दर्ता निःशुल्क रहेको लोक दोहोरी प्रतियोगितामा प्रथम हुनेलाई रु. ३०,०००, द्वितीय हुनेलाई रु. १५,००० र सेमिफाइनल उपविजेता दुई टिमलाई रु. ६,००० का दरले पुरस्कार राखिएको छ । (मितिः असोज २७–३० गते सम्म)
पुरुष सटपुट प्रतियोगिताः (दर्ता शुल्कः रु. ५००) प्रथमः रु. ५,०००, द्वितीयः रु. ३,०००, तृतीयः रु. २,००० (असोज ३० गते)
महिला सटपुट प्रतियोगिताः (दर्ताः निःशुल्क) प्रथमः रु. २,५००, द्वितीयः रु. १,५००, तृतीयः रु. ५०० (असोज ३० गते)
बालबालिका १०० मिटर दौड तथा महिला म्युजिकल चेयरः दुवै प्रतियोगितामा दर्ता निःशुल्क राखिएको छ भने विजेताहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । (असोज २९ गते)
भलिबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूका लागि दर्ताको अन्तिम मिति २०८३ साल असोज २५ गते सम्म तोकिएको छ भने खेल तालिका असोज २६ गते प्रकाशन गरिने आयोजकले जनाएको छ ।
“लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण
यस वर्षको उत्सवको विशेष आकर्षणका रूपमा “लुम्रे गाउँ चिनारी गीत”को छायांकन (Shooting) रहनेछ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा अवस्थित लुम्रे गाउँको प्राकृतिक सौन्दर्य, ऐतिहासिक एवं सांस्कृतिक पहिचान, धार्मिक स्थल र बहुसांस्कृतिक सद्भावलाई समेटेर तयार पारिएको उक्त गीतको छायांकन उत्सवकै उल्लासमय वातावरणभित्र गरिनेछ । कला र संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने र गाउँको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले यो पहल गरिएको हो ।
सम्मान तथा मायाको चिनो वितरण
उत्सवका अवसरमा समाजका अग्रज, समाजसेवी तथा विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तिहरूलाई विशेष सम्मान गरिनेछ । साथै कार्यक्रमलाई आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग पु¥याउने शुभेच्छुक, सहयोगी महानुभाव तथा संस्थाहरूलाई आयोजक परिवारका तर्फबाट मायाको चिनो प्रदान गरी हार्दिक कृतज्ञता व्यक्त गरिने क्लबका अध्यक्ष दीपक राना मगर, संयोजक शंकरमान गुरुङ र महासचिव टंक विश्वकर्माले जनाएका छन् ।
अनुमानित रु. १२ लाख आय र रु. १० लाख खर्चको बजेट निर्धारण गरिएको यस महोत्सवलाई अनुशासित, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्पूर्ण खेलप्रेमी, दर्शक तथा गाउँवासीहरूमा गरिमामय उपस्थितिका लागि आयोजक परिवारले हार्दिक आह्वान गरेको छ ।
टिम दर्ता तथा थप जानकारीका लागिः सम्पर्क व्यक्तिः राज कुमार वि.क. (खेलकुद उप–संयोजक)
मोबाइल ÷WhatsApp ९८०६५६७८४०
फेसबुक पेजः Nischal Jharana Lumre















प्रतिक्रिया लेख्नुहोस्:-