२०७९ असोज १
स्याङजाको विरुवामा आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश र बिरुवा गाउँपालिका वडा नं २को सहकार्यमा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । गाउँमा समस्या पर्दा समय मिलायर परिक्षण गर्न जाने समयको अभाव तथा आर्थिक अवस्था कम्जोरले रोगलाई गुम्साएर बसिरहेको हरुको लागी सुविधा पु¥याउने उद्देश्यले लायन्स क्लबका बर्तमान अध्यक्ष उषा थापाको पहलमा शिविर सञ्चालन गरेको हो । शिविरमा २५१ जना सेवाग्राहीको जाँच गर्दा २०० जनालाई औषधी वितरण गरिएको थियो भने । ९० जनालाई चश्मा वितरण गरिएको थियो । त्यस्तै १४ जना मोतियाविन्दु भएकाहरुलाई हिमालय आँखा अस्पताल पोखरामा निशुल्क अप्रेशनको लागी सिफर गरिएको छ ।
शिविरमा मन्त्री वन, वातावरण तथा भु–संरक्षण गण्डकी प्रदेशका माननिय दिप चर्ती मगरको प्रमुख आतिथ्यतामा विशेष अतिथि विरुवा गाउँपालिका उपाध्यक्ष भगवती प्रोख्रेल लगायत विभिन्न पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम भव्य र सभ्य रुपमा सन्पन्न भएको छ । त्यसै कार्यक्रममा मृगौला रोगी शान्ती गुरुङलाई पनि क्लबबाट ११ हजार एक सय एघार रुपैया नगद शान्ती गुरुङ बचाउ अभियानका संयोजक थमन गुरुङलाई अध्यक्ष उषा थापाद्धारा अस्तान्त्रण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिद्धारा विरुवा गाउँपालिकामा थप यस्तै विभिन्न शिविरहरु सञ्चाल गर्नुपर्ने तथा सञ्चालनको लागी पहल गर्ने बताउनुभएको थियो भने कार्यक्रमलाई प्रचार प्रसार तथा मिडिया पार्टनरको रुपमा बिरुवा खबर डट कम रहेको थियो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-