९ मङ्सिर, स्याङ्जा
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजु थापा विजयी भएको छ। उहाँ ३ हजार २५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद बन्नुभएको हो।
थापाले ३१ हजार ९९९ मत पाउँदा मरासिनीले २८ हजार ७४४ मत पाउनुभयो। यसैगरी, तेस्रोमा स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ६ हजार ६५ मत पाउनुभयो।
थापा लोकतान्त्रिक बामगठबन्धनतर्फका साझा उम्मेदवार हुन्। मतगणनादेखिको अग्रता उहाँले अन्त्यसम्म कायमै राख्नुभएको थियो।
थापा र मरासिनीबीचको प्रतिस्पर्धा लगातार तेस्रो पटकको हो। उहाँहरु २०७० सालमा भएको संविधानसभा सदस्य निर्वाचनदेखि २०७४ को संघीय निर्वाचन र हालसम्म प्रतिस्पर्धी रहनुभयो।
दोस्रोपटक सम्पन्न २०७० को संविधानसभा निर्वाचनमा काँग्रेसतर्फका उम्मेदवार थापा यही क्षेत्रबाट विजयी हुनुभएको थियो। त्यसपछिको २०७४ सालको संघीय निर्वाचनमा गठबन्धनसहित नेकपा एमालेका मरासिनी निर्वाचित हुनुभयो।
दुई संघीय निर्वाचन क्षेत्र रहेको क्षेत्र नं। १ मा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा थिए।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-