पोखरा
नयाँ बजार प्रर्दशनी केन्द्रमा सञ्चालन भएको २२ औं राष्ट्रिय औद्योगिक व्यापार मेलामा रोटेपिङबाट खसेर गम्भीर घाइते भएकी २२ वर्षीय अस्मिता लिम्बुको मृत्यु भएको छ ।
गण्डकी मेडिकल कलेजमा उपचाररत लिम्बुको बुधबार० १२ः१० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
राष्ट्रिय औधोगिक मेलामा अवलोकनका लागि गएका लिम्बुसहित चार युवती रोटेपिङको डम्बा अनियन्त्रित हुँदा खसेको थिए ।
यस दुर्घटनाबाट पिडित पक्षलाई सम्बन्धित निकायले मलमपट्टि लगाउन सकोस । मेला महोत्सवहरु आयोजना गरिरहदा आयोक तथा सम्बन्धित पक्षाहरु गम्भिर हुन जरुरी छ ताकी पटक पटक यस्ता घटनाहरु नदोहोरियो ।
प्रतिक्रिया लेख्नुहोस्:-