हुम बहादुर गुरुङ
पौष २५, स्याङजा
स्याङ्जाको विरुवा गाउँपालिका वडा नं। ८ले विद्यालयहरुमा न्यानो कपडा बितरण गरेको छ । यो चिसो मौसममा विद्यार्थीहरुलाई चिसोबाट बच्चको लागी न्यानो कपडा वितरण गरिएको हो । वडा नं ८ मा रहेका चैतन्य भवानि आधारभुत विद्यालयमा २५ थान, भुरुङचौकि माध्यामिक विद्यालयमा ६४ थान, पानधारा आधारभुत विद्यलायमा २५ थान, मनकामना आधारभुत विद्यालयमा १७ थान गरी जम्मा १३१ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
न्यानो कपडा पाएसंगै विद्यार्थीहरु खुसी हुदै अध्यनमा थप प्रोतसाह मिलेको बताएकाछन् ।
आजको साना विद्यार्थीहरु भोलि देशको भविष्य कोर्ने विरुवा हुन् यि विरुवाहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । हामी सवैले आ–आफ्नो ठाउँबाट सुरक्षा र सहयोगको पहल गर्नु आवश्यक छ “अध्यक्ष नविन कुमार आले” ।
उक्त वितरणमा अध्यक्ष्य नविन कुमार आले तथा वडा सदस्यहरु सल्मा मियाँ, दान बहादुर थापा, मन बहादुर थापा, चिनुमायाँ सार्की रहनुभएको नेकपा एमाले विरुवा गाउँपालिकाका युवा नेता, समाजसेवी अब्बु मियाँले जानकारी दिएको छ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-