{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1,"square_fit":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

बालेन शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै रवि किरण हमालद्वारा माफी माग्न माग

काठमाडौं -  जेनजी आन्दोलनका‌ अगुवा रवि किरण हमालले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत, कूटनीतिक मर्यादाको उल्लङ्घन तथा अपरिपक्व भएको आरोप लगाउँदै उक्त भनाइ तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्। बुधबार जारी प्रेस वक्तव्यमा हमालले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको वर्षौंदेखिको पीडा र अपमानलाई थप बल्झाएको दाबी गरेका छन्। उनले राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको अभिव्यक्ति अस्वीकार्य भएको बताएका छन्। वक्तव्यमा हमालले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर नेपाली जनतासँग माफी माग्नुपर्ने उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री आफ्नो अभिव्यक्तिमा अडिग रहने हो भने नैतिक तथा राजनीतिक जिम्मेवारी वहन गर्दै पदबाट मार्ग प्रशस्त गर्नुपर्ने धारणा पनि राखेका छन्। "राष्ट्रभन्दा माथि कुनै व्यक्ति वा पद हुन सक्दैन," वक्तव्यमा भनिएको छ, "नेपालको राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्नु हरेक जिम्मेवार नेतृत्वको दायित्व हो।" प्रधानमन्त्री बालेन्द्र शाहको उक्त अभिव्यक्तिबारे विभिन्न राजनीतिक वृत्तमा समेत बहस जारी रहेको छ। यद्यपि प्रधानमन्त्रीको सचिवालयले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

फेवातालमा तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता सम्पन्न, पुरुषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहारीघाट प्रथम

जेष्ठ १८,पोखरा फेवा डुंगा व्यवसायी संगठनको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकीको प्रवद्र्धनमा पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिला ...

भारत भ्रमणमा जाँदै, रास्वपा सभापति रवि लामिछाने:

जेठ १८, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै ...

पोखरा–३२ मा सुकुम्बासी व्यवस्थापन सहजीकरण समिति गठन, ‘कसैको बास उठ्न दिइने छैन’ : वडाध्यक्ष कार्की

पोखरा महानगरपालिका–३२ मा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि वडास्तरीय सहजीकरण समिति र संघर्ष समिति गठन गरिएको छ। वडा ...

जेष्ठ १६,पोखरा पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा पोखरामा सम्पन्न प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्टको उपाधी तालपारी टिमले जितेको ...

तमु कल्याणकारी कोषमा ३५ लाख जम्मा, ११ लाख संकलन गर्ने गौरी गुरुङ सम्मानित

पोखरा । धनबहादुर गुरुङ सांगीतिक साँझमा सवैभन्दा बढी रकम संकलन गर्ने गौरी गुरुङलाई नगद सहित सम्मान गरिएको छ । तमु(गुरुङ) ...

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई

पोखरा । ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर ...

धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाखभन्दा बढी बचत, तमु कल्याणकारी कोषमा जम्मा

पोखरा । तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न ‘धनबहादुर गुरुङ सांगीतिक साँझ २०८२’ कार्यक्रमबाट ३५ लाखभन्दा बढी ...

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ । ...

Page 8 of 137 1 … 7 8 9 … 137
[the_ad id='2236']

कुनै सामग्री उपलब्ध छैन