कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

बिरुवा खबर बिरुवा खबर
समाचार, खेलकुद, मुख्य समाचार, विरुवा बिशेष
May 27, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ ।

मंगलबार साँझ पोखरामा आयोजित एक भव्य कार्यक्रमका बिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो । यसअघि २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो । त्यो सम्झौताको केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नविकरण गर्दै थप पाँच वर्षको लागि सम्झौता गरेको हो ।
ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरी र सन्दीप लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरीले सम्झौता पाँच वर्षको भएको र नेपालको खेलकुद इतिहासमै एकै पटक यति लामो समयमको लागि सम्झौता भएको यो पहिलो पटक भएको बताए ।

भुवन गिरीले सन्दीपसँग पहिलो पटक सम्झौता गर्दा त्यो गर्वको क्षण रहेको र फेरि सम्झौता गर्न पाउँदा धेरै खुशी लागेको बताए । ‘हामीले करिब दुई वर्ष अघि सम्झौता गरेको थियौँ । कति छिटो समय बित्यो पत्तै भएन । फेरी हामीले पाँच वर्षको लागि सम्झौता नविकरण गरेका छौँ ।’ गिरीले भने, ‘हाम्रो सहकार्यलाई अझ धेरै समय निरन्तरता दिनका लागि हामीले केही समयअघि नै सम्झौता नविकरण गरेका छौँ ।’

गिरीले सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले नेपाललाई चिनाउने काम गरेको र सगरमाथा र गौतम बुद्धपछि नेपाललाई चिनाउने फरक क्षेत्रको व्यक्ति सन्दीप नै रहेको बताए । गिरीले ग्राउण्ड लेभलबाट नै क्रिकेट खेलको विकास गर्नुपर्छ भनेर हामीले राइजिङ एण्ड साइनिङ विथ एस २५ कार्यक्रम समेत घोषणा गर्दै हरेक प्रदेशमा गएर प्रतिभावान खेलाडीहरुको खोजी गर्ने र कम्तीमा ५ खेलाडीलाई स्कलरसिप दिने योजना रहेको बताए ।

‘शिक्षा र खेलकुदलाई जोड्ने र क्रिकेटको मोह र माया खेलबाट टाढा हुन नपरोस् भनेर हामीले सन्दीप जस्तै अन्य क्रिकेटर उत्पादन गर्नुपर्छ भनेर कम्तीमा ५ जना छनोट गरेर छात्रवृति दिने योजना बनाएका छौँ । त्यो क्रिकेटका लागि ठूलो विषय हो ।’

यस्तै ब्रिज कन्सल्टेन्सीका चियरम्यान महेश गिरीले सन्दीपसँग सम्झौतामा हस्ताक्षर गर्ने मात्र भन्दा पनि यो एउटा टिम स्ट्रिपको रुपमा रहेको बताए ।

सन्दीप लामिछाने ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएका थिए । उनले ७३ खेलमा उक्त उपलब्धी हासिल गर्दै अस्ट्रेलियाको मिचेल स्टार्कले ७७ खेलमा बनाएको कीर्तिमान तोडेका हुन् । यस्तै सन्दीपको नाममा ओडिआईमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान पनि छ ।

सन्दीपले दुई वर्षअघि आफू कठिन समयमा हुँदा ब्रिज इन्टरनेसनलले उठाउने काम गरेको भन्दै यो सम्झौता मात्र नभएर परिवार जस्तै भएको बताए । ‘म कुनै समय कठिन अवस्थामा हुँदा लडेको बेला उठाउने काम ब्रिजले ग¥यो । यो सम्झौताले मलाई जुन जिम्मेवारी दिनुभाछ । त्यो अटुट सम्बन्धको रुपमा लिएर जानेछौँ ।

सन्दीपले ब्रिज इन्टरनेसलन नेपालकै नम्बर वान कन्सल्टेन्सी भएको र आफूलाई विश्वास गरेर फेरि पाँच वर्षको लागि सम्झौता भएकोमा आभार व्यक्त गरे । ‘मलाई तपाईँहरुले यो जिम्मेवारी दिनुभाछ । म जब नेपालको प्रतिनिधित्व गर्छु सधैँ नेपाल र नेपालप्रति लोयल हुनेछु ।’

सम्झौता कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, प्रदेश सांसद टिका माया बस्याल, डाइरेक्टर अफ ग्लोबल बिजनेस एन्ड रिलेसन्स एन्ड्रु होपकिन्स, एनआरएनएका प्रवक्ता सोम प्रसाद सापकोटा, नेपाल स्कुल स्पोट्र्स फेडेरेसनका महासचिव राज कुमार कार्की लगायतले सन्दीपले नेपाली क्रिकेटमा गरेको योगदान र उनले विश्वमा नेपाललाई चिनाउने काम गरेको भन्दै योगदानको चर्चा गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन