अशोज ०४, पोखरा
पोखरा महेन्द्रपुलमा रहेको अविरल कृषि सहरकाी संस्था लि.को १२औ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सभा तथा अधिवेशन महेन्द्रपुलकामा रहेको साकुरा पार्टीप्यालेसमा सञ्चालक समिति तथा सेयर सदस्यहरुको उपस्थिति सम्पन्न गरिएको हो । सभामा संस्थाको गतिविधिको प्रतिवेदहरु प्रस्तुत गरि पारित गरिएको थियोे ।
संस्थामा कुल १२४६ सदस्य संख्या रहेकोमा महिला संख्या ४५९ रहेको छ भने पुरुषको संख्या ७८७ रहेको छ । संस्थामा १० जना कर्मचारीहरु मध्ये ६ जना महिला ४ जना पुरुष रहेको छ ।
सभामा जिल्ला कृषि सहकारी संघका अध्यक्ष मिरा अधिकारीको प्रमुख अतिथ्यतामा कार्यक्रम सुभारम्भ गरिएको थियो ।
संस्थाले १२औं साधारण सभा संगै चौथो अधिवेशन पनि सम्पन्न गरेको छ । जसमा अध्यक्ष भेष बहादुर थापा, उपाध्यक्ष सुरेन्द्र के.सी, सचिव धनराज सुवेदी, कोषाध्यक्ष तारा के.सी. (थापा), सदस्यहरु, प्रेम बहादुर कार्की, तिर्थ लम्साल, गंगा के.सी (राना) रहेका छन् भने लेखा सुपरिवेक्षण समिती विमला सापकोटाको संयोजकत्वमा सदस्यहरु ज्योती के.सी नेपाली, र भिम बहादुर तामाङ रहनुभएको छ ।
सभा ढाकाराम पौडेलको अध्यक्षतामा विशिष्ट अतिथि कानुनी सल्लाहकार लुम चन्द्र रेग्मी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो भने सो कार्यक्रमको सञ्चालन धनराज सुवेदीले गर्नुभएको थियो ।















प्रतिक्रिया लेख्नुहोस्:-